क. पुष्पलाल नेपालका ती पुरानो पुस्ताका नेताहरूमध्ये एक हुनुहुन्छ, जसले १०४ वर्षे जहानिया राणा शासन तथा राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए । क. पुष्पलालका समकालीन नेताहरूमध्ये केही अपवादबाहेक प्रायशः स्वयंलाई प्रजातान्त्रिक समाजवादी, नयाँ जनवादी, वैज्ञानिक समाजवादी वा कम्युनिस्ट क्रान्तिकारी जे बताएपनि उनीहरूको विचारधारात्मक राजनैतिक कार्यदिशा जहानिया राणा शासन र, राजाको निरङ्कुशताका विरुद्धको सङ्घर्षभन्दा अगाडि बढ्नसक्दैथ्यो र, सकेन पनि । तर क.पुष्पलालले सामान्यत २००७ सालदेखि र विशेषतः २०१७ सालको राजाको प्रतिगामी कू र त्यसद्वारा स्थापना गरिएको निर्दलीय पंचायती ब्यवस्थाविरुद्ध सङ्घर्षको दौरान “पचायती ब्यवस्था” र निरङ्कुश राजतन्त्रका विरुद्ध सङ्घर्षरत कम्युनिस्टहरू र नेपाली कांग्रेस दुवै पक्ष मिलेर सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिंदै के सन्देश दिनखोज्नुभएको थियो भने उहाँ राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थगापना गर्ने पक्षमा दृढ हुनुहुन्छ तर जो राजाको निरङ्कुशता र निर्दलीय पञ्चायती ब्यवस्थाका विरोधी छन्, तिनीहरू मिल्नसक्ने शक्तिहरू हुन् र तिनलाई एकजुट नबनाईकन राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना वा नयाँ जनवादी ब्यवस्थाको स्थापनाको त कुरा परैछ, राजाको निरङ्कुशता र निर्दलीय पञ्चायती ब्यवस्थाको अन्त्य हुनु पनि गाह्रो छ ।
क. स्वयं आफ्नै जीवन कालमा उहाँ आफूले अगाडि सार्नुभएको संयुक्तमोर्चा वा कार्यगत एकतासम्बन्धी नीति आन्तरिक कारणले होस्, बाह्य कारणले होस् अथवा दुवै कारणले होस्, लागू गर्नसक्नुभएन । तर उहाँले बताउनुभए झैं राजाको निरङ्कुशता र निर्दलीय पञ्चायती ब्यवस्थाका साथै स्वयं राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पनि सबै पक्षको संयुक्त आन्दोलनबाट मात्रै सम्भव हुनसकेको तथ्यले क. पुष्पलाल ब्यवहारिकरूपमा कम्युनिस्ट आन्दोलनका अगुवा हुनुहुन्थ्यो ।
क. पुष्पलाल पिता भक्तलाल श्रेष्ठ र आमा तुल्सीमाया श्रेष्ठको माहिला छोराको रूपमा १९८१ साल असार १५ गतेका दिन तात्कालीन पूर्व २ नं (हालको रामेछाप) जिल्ला अन्तरगत भँगेरीमा जन्मुनु भएको थियो । उहाँ जन्मिसकेपछि उहाँका आमाबुबा काठमाडौं बसाइसर्नुभयो । दाजु गङ्गालाल नेपालमा टङ्कप्रसाद आचार्यको नेतृत्वमा सर्वप्रथम स्थापना भएको राजनैतिक पार्टी नेपाल प्रजापरिषदमा आबद्ध भै जहानिया राणा शासकविरुद्ध विचारधारात्मक राजनैतिक गतिविधिमा संलग्न हुँदा राणा शासकहरूले उहाँसमेत ४ जना नेपाल आमाका महान् सपुतहरूको कायरतापूर्ण हत्या गरे । त्यसरी फाँसीमा चढाइनु एकदिन अघि दाजु गङ्गालालले आफूले पूरा गर्ननसकेका अधुरा कामहरू पूरा गर्ने जिम्मेवारी क. पुष्पलाललाई सुम्पिनुभए बमोजिम आजीवनक. पुष्पलालले सङ्घर्ष गरिरहनुभयो ।
क. पुष्पलालका योगदानहरू
१. सर्वप्रचम पुष्पलाल तात्कालीन नेपालमा १०४ वर्षदेखि चलिरहेको जहानिया धेरैजसोले शासनविरोधी प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको कार्यालय सचिवको हैयितले सहभागी हुनुभयो ।
२. नेपालमा सर्वप्रथम मार्क्सवादको प्रचार–प्रसार शुरु गर्नुभयो ।
३. कम्युनिस्ट पार्टीको घोषणा पत्रलगायत मार्क्सवादी–लेनिनवादी साहित्यको प्रचार–प्रसार गर्नुभयो , बिक्री–वितरणमा जोड दिनुभयो ।
४. नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो ।
५.नेपाल कम्युनिस्ट पार्टीको सिंसथापक महासचिव बन्नुभयो तथा पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणमाम जोड दिनुभयो ।
६. नेपाल र नेपाली जनताको अवस्थागत, वैचारिक, राजनैतिक, सांस्कृतिक, आदि विविध पक्षहरूसित सम्बन्धित पक्षको वस्तुगत ब्याख्या र विश्लेषण गर्दै संश्लेषण गर्ने प्रयत्न गर्नुभयो ।
७. नेपाल कम्युनिस्ट पार्टीको सङ्गठनात्मक आधार निर्माा गर्दै त्यसको दार्शनिक आधार द्वन्द्वात्मकब र ऐतिहासिक भौतिकवा आत्मसात गर्ने प्रयत्न गर्नुभयो ।
८. नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि उहाँले त्यसको नेतृत्व गर्नुभचयो ।
९. उहाँको नेतृत्वमा ने.क.पा.ले १०४ वर्षसम्म शासन गरेको जहानिया राणाशाहीको विरोध गर्नुभयो, जनता र जनआन्दोलनको स्पिरिटविरोधी भारतको नेतृत्व र पहलकदमीमा राणा, राजा र कांग्रैसको त्रिपक्ष्रीय संझौता, दिल्ली संझौताको विरुद्ध नेतृत्वदायी भूमिका खेल्नुभयो I
१०. उहाँले नेपालको सामाजिक–आर्थिक ब्यवस्थालो विश्लेषण गर्दै त्यसलाई अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक ठहर गर्नुभयो ।
११. उक्त प्रकारको विश्लेषणका आधारमा नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति र साम्यवादी क्रान्ति गरीन चरणमा क्रान्ति र निर्माण गर्दै साम्यवादी समाज स्थापना गर्ने कार्यदिशा अगाडि सार्नुभयो ।
१२. नेपालको विशिष्ट स्थितिमा क्रान्तिको कार्यदिशा तय गर्दा दार्शनिक आधार द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई अनुशरण गर्नुभयो ।
१३. द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शन हो र यसरी उहाँले नेपालको वस्तुगत स्थितिमा मार्क्सवाद–लेनिनवाद तथा माओको विचारधारा अगाल्नुभयो ।
१४. उपर्युक्त विचारधारात्मक राजनैतिक दृष्टिकोणको आलोकमा ०७ सालमा राणाशाहीविरोधी आन्दोलमा पार्टीको नेतृत्व गर्दै प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभयो ।
१५. ०१७ सालमा राजाको प्रतिक्रियावादी कूको विरोध गर्दै संयुक्त आन्दोलनमा जोड दिने नीति अवलम्बन गर्नुभयो ।
१६. उहाँले,
क. रुसी सामाजिक साम्राज्यवाद र प्रभुत्ववादको विरोध नगेकोमा,
ख. चीनिया सर्वहारा सांस्कृतिक क्रान्तिको समर्थन नगरेकोमा
ग. भारतमा त्यहाँको कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी–लेनिनवादी) द्वारा चलाइएको आन्दोलन, नक्सलवादी आन्दोलनको समर्थन नगरेर उग्रवादी ठहर गर्दै विरोध गरेकोमा,
घ. नेपाली कांग्रेसको वर्ग–विश्लेषष सामन्त तथा दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टीको विश्लेषण गर्नुको साटो मित्रशक्ति ठहर गरेर सहकार्यको नीति अगाडि सारेकोमा र,
ङ. सर्वहारा अन्तरराष्ट्रवाद तथा क्रान्तिकारी सिद्धान्तको पक्षमा दृढ नरहेको भनी पार्टीभित्र र बाहिर जुन आलोचना भयो, त्यसमा उहाँ अडिग रहनुभयो । यी कुरामा उहाँको गल्ती थियो वा उहाँ सही हुनुहुन्थ्यो, त्यो कुराको निर्णय पाटीभित्र मार्क्सवाद–लेनिनवादमा आधारित गर्नुपर्ने उहाँको विशेष जोढ रह्यो ।
उहाँले जे–जति सही गर्नुभयो, ती सबै अनुकरणीय छन् उहाँले पूरा गर्ननसकेका अधुरा कामहरू पूरा गर्नु हाम्रो कर्तब्य हुन्छ भने उहाँद्वारा जे–जति गल्तीकमजोरीहरू भएका छन्, मार्क्सवादी–लेनिनवादी सिद्धान्तको आलोकमा भित्री पार्टी सङ्घर्षको माध्यमबाट हल गर्नुपर्दछ भन्ने उहाँको जुन मान्यता छ, त्यो अनुकरणीय छ र हामीहरूले “मरेका बाघको जुँघा उखेल्ने”जस्तो धृष्टता गर्न नखोजेर हामीहरूले आफूबाट पुनः त्यसप्रकारका गल्ती वा कमीकमजोरीहरू दोहोरिन नदिने प्रण गर्नुपर्दछ । आउनुहोस्, क. पुष्पलालले खनेको डोरेटो बाटोलाई विस्तरिन नदेऊँ, एकताबद्ध भएर फराकिलो बनाउँदै मार्क्स र एङ्गेल्सले तय गरेको गन्तब्यतर्फ अगाडि बढ्ने यात्रालाई एकताबद्ध भई निरन्तरता दिऔं, निरन्तरता दिंदै जाऔं ।
असार १५, २०८२
(अध्यक्ष, मार्क्सवादी विचार मञ्च, नेपाल—०५९)
