२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

सडकमा गुडिरहेको माइक्रोमा आगलागी

सडकमा गुडिरहेको माइक्रोमा आगलागी

बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकस्थित महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलाली जाँदै गरेको सु.प. प्र ०१-००२ ज ४३३ नम्बरको माइक्रोमा गुडिरहेको अवस्थामै आगो लागेको हो।

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकस्थित महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलाली जाँदै गरेको सु.प. प्र ०१-००२ ज ४३३ नम्बरको माइक्रोमा गुडिरहेको अवस्थामै आगो लागेको हो।

    माइक्रोमा चालक र सहचालक मात्रै रहेको र कुनै मानवीय क्षति नभएको बर्दिया प्रहरीले जनाएको छ। आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो।

    माइक्रोमा रहेको कागजपत्र र ४२ हजार रूपैयाँ जलेको छ। गाडीमा लागेको आगो निभाउन ठाकुरबाबा नगरपालिकाको दमकल परिचालन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij