२०८३, कार्तिक १८ गते

Nov 03 2026

Logo

२०८३, कार्तिक १८ गते | Nov 03 2026

images
  • समाचार
  • चाबहिल दुर्घटनामा पर्वतका सुमन अधिकारीको निधन,...
News

चाबहिल दुर्घटनामा पर्वतका सुमन अधिकारीको निधन, पर्वत–रुपन्देही सेवा समाजद्वारा दुःख व्यक्त

चाबहिल दुर्घटनामा पर्वतका सुमन अधिकारीको निधन, पर्वत–रुपन्देही सेवा समाजद्वारा दुःख व्यक्त

सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • 9UHMUcXGmESl5uZr8q5GvKji_1hxeIsxkqj1OX6i7aFijNbw1mzD1N0yhkt66pgdPjyj2GEa4Ns4Y0dMR44kxWfDGamYdaoadTcZpk7VDd9ByfhcTAmW2GJmPobh1I-aOVkm54qiSMUvDV8Y3lsHvxHgSaPCV2kFJGQNKgkybr4beUV4JmHQHcNZx138x8oe.jpgबुटवल । काठमाडौँको चाबहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका पर्वतका सुमनप्रसाद अधिकारीको उपचारका क्रममा निधन भएको छ। उनको निधनप्रति पर्वत–रुपन्देही सेवा समाजले गहिरो दुःख व्यक्त गरेको छ।

    पर्वतको महाशिला गाउँपालिका–१ निवासी अधिकारीको सोमबार बिहान काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल ओरालोमा दुर्घटना भएको थियो। गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको उनको मोटरसाइकललाई सोही दिशाबाट आएको भाडाको बसले ठक्कर दिएको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

    अधिकारी आठ–नौ वर्षअघि पर्वतमै भएको सवारी दुर्घटनामा समेत गम्भीर घाइते भएका थिए। उक्त दुर्घटनापछि उनले लामो समय उपचार गर्नुपरेको थियो। पुनः सवारी दुर्घटनामै उनको निधन भएपछि परिवार, आफन्त, साथीभाइ तथा पर्वतेली समुदाय शोकमा डुबेको छ।

    अधिकारी पर्वत–रुपन्देही विद्यार्थी सम्पर्क समाजका पूर्वअध्यक्ष, पर्वत–रुपन्देही सेवा समाजका सक्रिय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य एवं विद्यार्थी नेता थिए।

    पर्वत–रुपन्देही सेवा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले विज्ञप्ति जारी गर्दै अधिकारीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, “सुमन अधिकारीको असामयिक निधनले सिङ्गो पर्वत र पर्वतेली समुदायलाई स्तब्ध बनाएको छ। सामाजिक तथा विद्यार्थी आन्दोलनमा सक्रिय एक होनहार युवाको निधनले पर्वत–रुपन्देही सेवा समाजलाई अपूरणीय क्षति पुगेको छ।”

     

    समाजले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त आमा, बुबा, दाजु, भाउजू तथा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै दुर्घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij