२०८३, आश्विन २८ गते

Oct 14 2026

Logo

२०८३, आश्विन २८ गते | Oct 14 2026

images
  • समाचार
  • उद्योगमैत्री कानुन बनाउन पुराना ऐन संशोधन...
News

उद्योगमैत्री कानुन बनाउन पुराना ऐन संशोधन र खारेजीको प्रक्रिया अघि बढेको छ : सुलभ खरेल

उद्योगमैत्री कानुन बनाउन पुराना ऐन संशोधन र खारेजीको प्रक्रिया अघि बढेको छ : सुलभ खरेल

व्यवसायीलाई अनावश्यक पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन, ढुक्कसँग उद्योग सञ्चालन गर्ने वातावरण बनाउँदै सरकार

मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • बुटवल । रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले उद्योगमैत्री कानुन निर्माणका लागि पुराना ऐन संशोधन तथा आवश्यक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गर्दै नियमसंगत रूपमा ढुक्क भएर उद्योग सञ्चालन गर्न सक्ने वातावरण निर्माणमा सरकार लागेको बताए।

    रूपन्देही उद्योग संघको ४८औँ वार्षिक साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै खरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा लगानीमैत्री वातावरण आर्थिक गतिविधि विस्तारका लागि आवश्यक रहेको बताए।

    नयाँ सरकार गठन भएपछि ठूला प्राकृतिक विपत्तिको सामना गर्नुपरेकाले जनताको अपेक्षाअनुसार सरकारी कामले गति लिन नसकेको उनको भनाइ थियो। उनले सरकारका कमजोरी स्वीकार गर्दै सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

    निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी विस्तार हुने उल्लेख गर्दै खरेलले उद्योगी–व्यवसायीले कानुनी प्रक्रिया पूरा गरेर निर्भयतापूर्वक व्यवसाय सञ्चालन गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

    लुम्बिनी क्षेत्रका उद्योग हटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आफूले संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले सरकार पुनरावलोकनको मुद्दा लिएर सर्वोच्च अदालत गएको बताए।

    अन्तर्राष्ट्रिय परिस्थितिले समेत नेपाली उद्योग तथा नागरिकलाई प्रभावित पारिरहेको उल्लेख गर्दै खरेलले उद्योग व्यवसायको संरक्षण, लगानी प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारका लागि सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij