२०८३, आश्विन १७ गते

Oct 03 2026

Logo

२०८३, आश्विन १७ गते | Oct 03 2026

images
  • समाचार
  • 'संवाद छाडेर दमनको बाटो रोजे सरकार...
News

'संवाद छाडेर दमनको बाटो रोजे सरकार आफैं दुर्घटनामा पर्छ' — कृष्ण पहाडी

'संवाद छाडेर दमनको बाटो रोजे सरकार आफैं दुर्घटनामा पर्छ' — कृष्ण पहाडी

भदौ २३–२४ को घटनाका दोषीलाई उन्मुक्ति दिन खोजियो, चीन–भारत दुवैसँग सम्बन्ध बिग्रँदै, जनतालाई खबरदारी गर्न आग्रह

शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • बुटवल, साउन २२ ।   मानव अधिकार तथा शान्ति समाजका संस्थापक एवं मानवअधिकारवादी नेता कृष्ण पहाडी ले वर्तमान सरकारले संवाद र सहमतिभन्दा दमन र शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको आरोप लगाउँदै यही प्रवृत्ति कायम रहे सरकार आफैं गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।

    बुटवलमा आयोजित 'नागरिक संवाद कार्यक्रम' लाई सम्बोधन गर्दै उनले भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही नगरे मुलुकमा पुनः अशान्ति निम्तिन सक्ने बताए। सरकारले सात दिनभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए पनि चार महिनासम्म पूरा नगरेर जनतासँग गरेको वाचा तोडेको उनको आरोप थियो।

    पहाडीले सरकारको अपरिपक्व कूटनीतिका कारण छिमेकी राष्ट्रहरू चीन र भारत दुवैसँग सम्बन्ध बिग्रँदै गएको दाबी गर्दै, छिमेकीलाई अनावश्यक रूपमा रुष्ट बनाउने र उत्तरतर्फ चीनलाई समेत जिस्काउने गतिविधि भइरहेको टिप्पणी गरे।

    उनले मधेसमा पुनः द्वन्द्वको बीउ रोपिने खतरा बढेको, उद्योगी–व्यवसायीलाई प्रमाणबिना धरपकड गरेर त्रास फैलाइएको तथा अहिले आम नागरिक निराश र असन्तुष्ट बनेको बताए।

    सरकार आफ्नै गलत निर्णय र कार्यशैलीका कारण अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना भइरहेको उल्लेख गर्दै पहाडीले लोकतन्त्र जोगाउन नागरिक स्वयं सचेत र खबरदार बन्नुपर्ने आवश्यकता औंल्याए।

    कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मानवअधिकारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि समसामयिक राष्ट्रिय विषयमा आफ्नो धारणा राखेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij