गुल्मी, साउन ३० । नेकपा (माओवादी) गुल्मीले पार्टी केन्द्रीय प्रतिनिधि सदस्य विनोद सीका आदरणीय बुवा तिलाराम पोखरेलको निधनप्रति शोक व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी बसन्त सीले शनिबार एक वक्तव्य जारी गर्दै नेता विनोद सी, पार्टी जिल्ला सदस्य लक्ष्मी सी र सम्पूर्ण परिवारजन, आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
वक्तव्यको पूर्णपाठ :
शोक वक्तव्य
हाम्रो पार्टी नेकपा (माओवादी) केन्द्रीय प्रतिनिधि सदस्य तथा धुर्कोट निवासी कमरेड विनोद सीका आदरणीय बुवा एवं जिल्ला सदस्य कमरेड लक्ष्मी सीका ससुरा बुवा तिलाराम पोखरेलको ८२ बर्षको उमेरमा २०८३ साउन २९ गते असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ ।
पार्टी यस दुःखद् घडीमा दिवंगत बुवा तिलाराम पोखरेलप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ र शोकाकूल परिवार एवं आफन्तजन्प्रियजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
साउन ३०, ०८३
बसन्त सी
सेक्रेटरी
