२०८३, आश्विन २२ गते

Oct 08 2026

Logo

२०८३, आश्विन २२ गते | Oct 08 2026

images
नोवेल पुरस्कार

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले बेल्जियन–अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरेको छ । निर्णायक मण्डलले हाल्जेनलाई ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान र खगोलीय उत्पत्तिको उच्च–ऊर्जा न्युट्रिनोहरूको पत्ता लगाउने कार्यका लागि’ सम्मानित गरिएको जनाएको छ ।

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले बेल्जियन–अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरेको छ । निर्णायक मण्डलले हाल्जेनलाई ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान र खगोलीय उत्पत्तिको उच्च–ऊर्जा न्युट्रिनोहरूको पत्ता लगाउने कार्यका लागि’ सम्मानित गरिएको जनाएको छ । 

    उनको टिमले दक्षिणी ध्रुवमा रहेको बरफको प्रयोगमार्फत न्यूट्रिनो नामक कणलाई पहिचान गर्न सकिने अवधारणा अघि सारेको थियो । न्यूट्रिनो कण ब्रम्हाण्डमा अत्यन्त उर्जाशील खगोलीय प्रक्रियाबाट उत्पन्न हुन्छन् । 

    बेल्जियमको टिनेनमा जन्मिएका ८२ वर्षीय हाल्जेन सन् १९८० को दशकदेखि नै भौतिकशास्त्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय छन् । उनी अमेरिकाको विस्कन्सन–म्याडिसन विश्वविद्यालयका प्राध्यापक हुन् ।

    उनकै टिमको अनुसन्धान र अवधारणाअनुरुप आइसक्युब न्युट्रिनो अवलोकन केन्द्र अन्टार्टिकाको दक्षिण ध्रुवमा सन् २०१० मा निर्माण भएर सञ्चालनमा आएको थियो । 

    लाइट सेन्सर लगाएको यस केन्द्रमा आइसक्युबको प्रयोगमार्फत अनुसन्धानकर्ताहरुले निकै सुदूर ब्रम्हाण्डमा रहेका न्युट्रिनोहरुको अध्ययन गर्छन् । 

    रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका महासचिव एलेन मुन्सले एक पत्रकार सम्मेलनमा भनिन्, ‘यस वर्षको पुरस्कार अन्तरिक्षबाट आउने रहस्यमय सन्देशवाहकहरूका बारेमा हो ।’ 

    पुरस्कार घोषणा लगत्तै टेलिफोनमार्फत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हेल्जेनले भने, ‘यो एउटा ठूलो आश्चर्य थियो, र मैले यस्तो अपेक्षा गरेको थिइँन ।’ हाल्जेनले खुसी व्यक्त गर्दै थपे, ‘तर यो पुरस्कारको बारेमा सुन्दा ज्यादै खुसी लाग्यो ।’

    यसअघि ‘लाइट–गेटेस आयन च्यानल र अप्टोजेनेटिक्स सम्बन्धी आविस्कारका लागि अमेरिकाका कार्ल डाइसरोथ, जर्मनीका पिटर हेगेम्यान र जर्मनीकै जर्ज नागेललाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।  

    एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij