२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • विचार
  • 'उत्पादनको मूल लक्ष्य देश र जनतालाई...
देशभर उत्पादनका लागी नेकपा महासचिव विप्लवको शुभकामना सन्देश

'उत्पादनको मूल लक्ष्य देश र जनतालाई आत्मनिर्भर बनाउने हो' : विप्लव सी

'उत्पादनको मूल लक्ष्य देश र जनतालाई आत्मनिर्भर बनाउने हो' : विप्लव सी

पार्टीको मुख्य अभियान आज असार १० गतेबाट सुरु भएको छ । यो अवधि साउन १० सम्म चल्नेछ । यो बर्षको उत्पादन अभियानमा देशभरीको पार्टी उत्साहको साथ सहभागी बनेको छ । अभियानमा सहभागि सम्पूर्ण कमरेडहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • आदरणीय जनसमुदाय तथा प्रिय कमरेडहरु
    पार्टीको मुख्य अभियान आज असार १० गतेबाट सुरु भएको छ । यो अवधि साउन १० सम्म चल्नेछ । यो बर्षको उत्पादन अभियानमा देशभरीको पार्टी उत्साहको साथ सहभागी बनेको छ । अभियानमा सहभागि सम्पूर्ण कमरेडहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । अभियानलाई विभिन्न सहयोग उपलब्ध गराउने सम्पूर्ण महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । 

    पार्टीले आत्मनिर्भर पार्टी, आत्मर्निभर नेता कार्यकर्ताको विचार निर्माण गरेर प्रयोग गरेपछि नेता कार्यकर्तामा फरक उत्साह, आत्मविश्वास, स्वाभिमान र प्रतिबद्धता पैदा भएको छ । स्थायी समिति, पिबि र केन्द्रीय समितिको नेतृत्वमा पार्टी पंक्ति उत्पादनमा सहभागी भइरहेको छ । अभियानमा इमान्दार कर्मचारी, व्यवसायी, राज्यका असल प्रतिनिधिहरुको सौहार्दपूर्ण सहयोग गर्नुभएको छ । प्राप्त सूचना अनुसार गतबर्ष भन्दा पचास प्रतिशतले बढी परिणाममा उत्पादन हुने आँकलन गरिएको छ । गतबर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर बनिसकेकाले यो बर्ष उपभोक्तासम्म धेरै परिणाममा पुर्याउन सकिने विश्वास लिएका छौं । 

    कमरेडहरु, उत्पादन अभियान हाम्रो पार्टीले सञ्चालन गरेपनि यो देश र जनताको अभियान हो । तत्काल पार्टी, नेता र कार्यकर्ताको आत्मनिर्भरताका लागी भनेपनि यसको मूल लक्ष्य देश र जनतालाई नै आत्मनिर्भर बनाउने हो । हाम्रो दुई बर्षको अनुभवबाट यति भन्न सक्छौं कि यदि राज्यले सही मार्ग देखाउने हो भने र जनताले विश्वासका साथ काम गर्ने हो भने खान र लाउनका लागी विदेशी भूमिमा भौतारिनुपर्दैन । आफनै देशमा उच्च स्वाभिमानका साथ बस्न सकिन्छ । देशलाई आत्मनिर्भर  र समृद्ध बनाउन सकिन्छ । आत्मनिर्भरता नै देशको स्वाधिन एवं स्वाभिमानी भविष्य हो । 

    तसर्थ आदरणीय जनसमुदाय, हामी एकताबद्ध भएर देशको नयाँ भविष्य निर्माणमा सहभागी बनौं । धन्यवाद ।  

    (नेकपा महासचिव विप्लव सीले २०८२ असार १० गते दिनुभएको भिडियो वक्तव्य)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij