२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
कविता : साहित्य\कला

‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान’

‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान’

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • नमस्कार, म विशाल सी
    भेरी नगरपालिका १२ मल्लगाउँ देखि आज म तपाईंहरूका लागि ‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान्’ शीर्षकको कविता लिएर आएको छु । जुन मैले आफैंले लेखेको हुँ । यो कविता वास्तविकता र काल्पनिकता बीचको गहिरो द्वन्द्वलाई चित्रण गर्दछ । हाम्रो समाजले कसरी ज्यूँदो व्यक्तिलाई भुल्छ तर काल्पनिक भगवानलाई पुज्छ भन्ने कुरालाई यसमा उजागर गरिएको छ ।

    तपाईंहरूले दिएको समय र ध्यानका लागि म तपाईंहरूप्रति आभार व्यक्त गर्छु । आशा छ, यो कविताले तपाईंहरुलाइ सोच्न बाध्य पार्नेछ ।

    कविताको शीर्षक : स्मृतिमा बुवा

                -विशाल सी

    अब म कविता सुरु गर्दैछु ।
    ‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान’
    कहिलेसम्म पूज्छौ काल्पनिक आकृतिलाई?
    जब ज्यूँदो विश्वकर्मा बाँचिरहेछ दःुखमा,
    तिमी मान्छौ मूर्तिलाई भगवान्,
    तर तिरस्कार गर्छौ मान्छे, त्यो कर्मको मालिकलाई ।

    हातले गढेर संसार बनाउने,
    ईंटा–पत्थर र इस्पातले शहर सजाउने,
    त्यो ज्यूँदो विश्वकर्मा छेउमै छ तिमीलाई,
    तर तिमी उही छुवाछूतको आगोमा जलाउँदै छौ ।

    आज पूजा गर्छौ काल्पनिकलाई,
    तर भोलि झुकाउँछौ टाउको, अपमान गर्छौ जीउँदालाई,
    कस्तो धर्म ? कस्तो न्याय ?
    जहाँ देवता पूजिन्छ, तर मानिसलाई हेला गरिन्छ ।

    सजग बन, ए नेपाली समाज,
    तिमीले देखेका मूर्ति होइनन् साँचो भगवान्,
    ज्यूँदो विश्वकर्मा, त्यो हो असल शक्ति,
    सम्मान गर तिनलाई, यही छ साँचो भक्ती ।

    अब पनि ढिलै छैन, सोच बदल,
    तिमीले बनाउने संसारको नैतिकता बदल,
    जहाँ छुवाछूत छैन, जहाँ विभेद छैन,
    त्यही दिन हुनेछ, विश्वकर्मा साँचो रूपमा पूजिने ।

    सोच बदल, ए मान्छे,

    कहिलेसम्म बाँधेर राख्छौ आँखा ?
    कहिले सम्म कैदी बनाउँछौ सोचलाई ?
    जब हातहरू छन् जोड्नका लागि,
    तिमीले किन बनायौ पर्खाल मनको बिचमा ?

    जन्म लिएर मान्छे बन्यौ,
    तर किन मान्छे चिनेनौं ?
    किन छान्यौ जात–धर्मको पर्खाल ?
    जब सबैलाई एउटै आकाश छ, एउटै माटो छ ।

    ज्यूँदो मान्छेछेउमा तिमी हेर्छौ टाढा,
    काल्पनिक भगवानलाई मानेर गर्छौ पूजा,
    तर किन आँखा चिम्ल्यौ वास्तविक पीडामा?

    मानवता नै हो साँचो धर्म, साँचो सेवा
    सोच बदल, ए मान्छे,
    तिमीले देख्नुपर्छ मान्छेको मन,
    जन्मलाई होइन, कर्मलाई मान,

    सबै एउटै सास, एउटै जीवन हो, बुझ
    कस्तो समाज बनायौ तिमीले ?
    जहाँ मान्छे अपमानित हुन्छ, भगवान् पूजिन्छ,

    तर त्यो भगवान् पनि रोइरहेछ,
    जब तिमीले तिरस्कार ग¥यौ उसको सिर्जना
    आँखा खोल, सबैलाई समानता देउ
    तिमी पनि मान्छे हौ, अरू पनि मान्छे हुन्,
    जात–धर्मको घेरा तोड,
    समानताको बाटो रोज, यही हो साँचो मुक्ति ।

    अब यो नाटक बन्द गर,
    ज्यूँदो मान्छेलाई भगवान् बनाऊ,
    सोच बदल, ए मान्छे,
    तिम्रो मनले संसार बदलिनेछ ।

    OOO

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij