-मणि थापा
तिमी छिमेकी
हामी छिमेकी
छिमेकी भन्दा नजिक मन्दिर,मस्जिद छैन
फुलको कुनै देवता छैन
तिमी सधियार
हामी सधियार
सँधियार भन्दा नजिक वजार छैन
बजारले हिन्दु मुस्लिम चिन्दैन
तिम्रो देवता
हाम्रो देवता
कसैले आएर भेटेका छैन
उमेर हाम्रो ताेक्न सक्दैन
तिम्रो रगत
हाम्रो रगत
फरक छुट्टाउने विज्ञान छैन
विज्ञानले जातपात चिन्दैन
तिम्रो धर्म
हाम्रो धर्म
धर्म पाप हाेईन। नमरि सुख छैन धर्मले मृत्यु राेक्दैन
तिमी नेपाली
हामी नेपाली
अर्को पहिचान खाेज्नु हुन्न
नेपाल जस्तो सुन्दर फुलवारी अर्को कुनै देश छैन
तिमी मानव
हामी मानव
राक्षस काेही जन्मेको छैन
नजन्मेकाे राक्षस वन्ने कल्पना मान्छेले गर्न हुन्न
मान्छेले मान्छेलाई दुश्मन ठान्नु हुन्न
कप्तानगन्ज I