२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
शनिवारीय साहित्य

खसीप्रेम

खसीप्रेम

खसीको मालिकले खसीलाई दानापानी खुवाउछ पुलपुल्याउछ दलाल बनाउछ देशद्रोही बनाउछ

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • खसीको मालिकले खसीलाई
    दानापानी खुवाउछ
    पुलपुल्याउछ
    दलाल बनाउछ
    देशद्रोही बनाउछ
    र एकदिन
    बडो प्रेमपुर्वक खसीलाई गोस्त बनाउछ।
    बहुत खतरनाक हुन्छ
    खसीप्रेम
    खसीप्रेममा मान्छे गोस्त हुन्छ।
    बहुत खतरनाक हुन्छ
    खसीप्रेम
    खसीप्रेममा मान्छे छिनार हुन्छ ।
    बहुत खतरनाक हुन्छ
    खसी प्रेम
    खसीप्रेममा मान्छे छिनारी हुन्छ
    बहुत खतरनाक हुन्छ
    खसीप्रेम
    खसीप्रेममा मान्छे लेण्डुप हुन्छ।
    बहुत खतरनाक हुन्छ
    खसीप्रेम
    खसीप्रेममा मान्छे लुसीफर हुन्छ।
    बहुत खतरनाक हुन्छ
    खसीप्रेम
    खसीप्रेममा परेको "मान्छे "
    कि त मालिकको गोस्त हुन्छ
    कि त इतिहासको गोस्त हुन्छ ।
    बन्ध्याकरण गरिएका दिमागहरु
    खसीप्रेममा पर्छन्
    र आफूलाई गोस्त बनाउछन्
    ए ! मान्छे हुन कोशिश गरिरहेका मान्छेहरु
    आफ्नो दिमागलाई बन्ध्याकरण हुनबाट जोगाउ
    र मान्छे बन।
    बहुत खतरनाक हुन्छ
    दानापानी खुवाउने
    रातो कार्पेट बिछाउने
    बुइ चढाउने
    कुर्सी बिसाउने
    खसीप्रेम
    अर्थात दानापानी प्रेम ।
    ..........................
    संगत !
    मान्छेले नदीसित संगत गरे
    समुन्द्र बन्छ
    मान्छेले रछ्यानसित संगत गरे
    किरा बन्छ
    मान्छे के बन्ने
    संगत निर्णायक हुन्छ।
    ...........
    "गोस्त"- मासु

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij