२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
शनिबारीय कविता

कठिन समयको नागरिक खुशी

कठिन समयको नागरिक खुशी

हो, यस्तो एउटा कठिन समयमा पनि म एउटा कर्तव्यनिष्ठ नागरिक जसरी जिउँछु र नागरिक खुशीलाई एउटा नयाँ अर्थ दिन्छु।

शनिवार, श्रावण १८ २०८२
शनिवार, श्रावण १८ २०८२

  • -कात्यायनी

    पहिलेपहिले म वर्षमा केवल दुई दिन
    १५ अगस्ट र २६ जनवरीमा
    देशभक्त हुने गर्थें
    आजभोलि म हरेक दिन देशभक्तिको
    झरीमा लछप्पै भिजिरहन्छु

    कार्यालयमा हरदम
    मालिकको नजरमा
    कसरी पर्ने भन्ने तरिकाहरु सोच्छु
    छिमेकीसँग जल्ने र उसलाई जलाउने
    कारण खोजिरहन्छु
    जवान हुँदै गरेको छोरामाथि शङ्का गरिरहन्छु
    र छोरीमाथि नयाँ-नयाँ पहरा दिने
    उपाय खोजिरहन्छु
    गुन्डाहरु, सरकार र पुलिससँग डराउँदै
    शालीन तरिकाले जिन्दगी बिताउँछु

    र, चाहन्छु कि कमसेकम
    केही मानिसहरू यस्ता होउन्
    जो मसँग डराउन्।

    हडताल, सडक जाम, अशान्ति र
    कुरैपिच्छे तर्क गर्नेहरूलाई
    म घृणा गर्छु।
    कार्यालयबाट फर्केर श्रीमतीलाई
    पकौडी तार्न लगाउँछु
    टीभीको रिमोट हातमा लिएर
    देश-दुनियाँको जानकारी लिन्छु
    र हाँस्यव्यङ्ग्य कार्यक्रम हेर्छु ।

    हो, यस्तो एउटा कठिन समयमा पनि म
    एउटा कर्तव्यनिष्ठ नागरिक जसरी जिउँछु
    र नागरिक खुशीलाई
    एउटा नयाँ अर्थ दिन्छु।

    ----

    नेपाली अनुवाद: Pramod Dhital

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij