२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • विचार
  • सन्दर्भ : १२९ औं माओ दिवसको,...
१२९ औं माओ जयन्ती

सन्दर्भ : १२९ औं माओ दिवसको, प्रश्न जनसेवाको

सन्दर्भ : १२९ औं माओ दिवसको, प्रश्न जनसेवाको

सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका जनसमुदायको सेवा गरौं

सोमवार, पौष १२ २०७८
सोमवार, पौष १२ २०७८
  • सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका महान् गुरु एवं नेता माओ त्सेतुङको स्मरण गरौं, सर्वहारा मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका जनसमुदायको सेवा गरौं एवं उनीहरूका हक, हित र अधिकारहरू प्राप्त गर्न र जनसमुदायको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नको लागि निरन्तर सङ्घर्ष गरौं ।

    आज २६ डिसेम्बर, १२९ औं माओदिवस । आज विश्वभरिका सर्वहारा मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका जनसमुदायहरू तथा मार्क्सवादी–लेनिनवादी क्रान्तिकारीहरूले महान् गुरु एवं नेता माओ त्सेतुङको स्मरण गर्दछन्, उहाँका योगदानहरूको मूल्याङ्कन गर्दछन् र उहाँका शिक्षाहरूलाई आत्मसात गर्दै उहाँले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्छन् ।

    हुन त, आफुलाई खाँटी कम्युनिस्ट बताएर नथाक्ने ढोंगी सङ्गठन, समूह वा व्यक्तिहरूले देखाउनका लागि मात्रै भएपनि माओ जयन्ती मनाएको देखाउन सक्दैनन् भन्ने होइन । तापनि उनीहरू र इमानदार मार्क्सवादी–लेनिनवादी क्रान्तिकारीहरूका बीचमा जुन अन्तर हुन्छ, त्यो हो : इमानदार मार्क्सवादी–लेनिनवादी क्रान्तिकारीहरूले जनताको सेवा गर्छन्, स्वयंलाई दिलोज्यानले जनताको सेवामा समर्पित गर्छन्, सर्वहारा मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका जनसमुदायका हक, हित र अधिकारहरू प्राप्त गर्न र जनसमुदायको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नको लागि अथक सङ्घर्ष गर्ने अठोट गर्छन् भने त्यसको विपरीत, ढोंगीहरू, अर्थात् संशोधनवादीहरू र सबैखाले अवसरवादीहरूले जनतामा भ्रम छर्नका लागि उनीहरूका हक, हित र अधिकारहरूको पक्षमा ठूला–ठूला नाराहरू भटाउँछन् तर व्यवहारमा स्वयं आफुहरूकै विलासी जीवनको व्यवस्थापनको लागि जनसमुदायका हक, हित र अधिकारको बलिदान दिन्छन् । 

    उदाहरणको लागि, गत आम चुनावमा नेपालका संसद्वादी ढोंगी सङ्गठन, समूह र व्यक्तिहरूले घोंक्रो फुलाई–फुलाई भनेका थिए : राजनैतिक आन्दोलनका लागि जनताले त्याग, तपस्या र बलिदान गर्नुपर्ने दिन गइसके, अब खाली आर्थिक समृद्धिको प्राप्तिका लागि मात्र सबै एक भएर जुट्नुपर्ने स्थिति निर्माण भएको छ । त्यसरी उनीहरूले कतिपय अपवाद छोडेर स्थानीय, प्रादेशिक र संघीय चुनावमा विजय प्राप्त गरे । संविधानका अपरिवर्तनीय धाराहरूबाहेक अरू सबै संवैधानिक, कानूनीलगायतका सबै बाधा–ब्यवधानहरू हटाएर अगाडि बढ्नका लागि आवश्यक (दुईतिहाई) बहुमतको हाराहारीमा संसद्मा बहुमत प्राप्त गरे । सरकार दुईतिहाई बहुमतको समर्थनबाट बन्यो । उनीहरूको चुनावी घोषणापत्रमा सर्वसाधारण जनसमुदायको पक्षमा उद्घोष गरिएका विषयहरू कार्यान्वयन गर्नु त परै छ, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको अध्यक्षको लागि राजकीय कोषबाट आजीवन विलासी जीवनको ब्यवस्थापन गर्ने नियमहरू बनाए । त्यसरी नै प्रदेश र स्थानीय निकायमा पनि पदाधिकारीको स्वार्थका विभिन्न उपायहरू सुनिश्चित गरियो । अझ विदेशबाट आयात गरिने म्यासीन, कोभिड–१९ को लागि उपचारका सामग्रीहरू र औषधी किन्ने क्रममा स्वयं मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको खबर सार्वजनिक भयो । तर नाम मात्रको अख्तियार अनुसन्धान आयोग किंकर्तब्य विमुढ रह्यो । अमेरिकी साम्राज्यवादले विश्वब्यापी रूपमा बदनाम भइसकेको अनुहार छोप्दै तथा गरीब, पिछड्एिका र कमजोर राष्ट्रहरूलाई अनुदानको पर्दाभित्र संयुक्त लगानी स्थापित गर्ने र सम्बन्धित मुलुकमा आफ्नै दलाल सङ्गठनलाई मूर्तरूप दिंदै अन्तरसाम्राज्यवादी प्रतिस्पर्धामा स्वयंलाई बलियो बनाउने रणनैतिक योजना अन्तरगत एमसिसी (Millenium Chalange Corporation) र त्यस मातहत एमसिए (Millenium Chalange Account) बनाउने अभियान चलायो, त्यसलाई पारित गर्न सरकार — स्वयंलाई खाँटी कम्युनिस्ट बताएर नथाक्ने ओलीको सरकार होस् वा आफुलाई प्रजातन्त्रको मसिहा बताएर नथाक्ने देउवाको सरकार होस् — मरिहत्ये गर्यो र गरिरहेको छ । त्यसरी लाभ प्राप्तिको लागि चलेको खुला छिनाझपटीको पृष्ठभूमिमा ओली नेतृत्वको पार्टीमा अन्तरपार्टी सङ्घर्ष चक्र्यो । त्यसबाट पार्टी मात्रै फुटेन, दुईतिहाई बहुमतको समर्थन प्राप्त गरेको ओली सरकार गिर्ने स्थिति निर्माण भयो । जसै त्यो देखा पर्नथाल्यो, निवर्तमान ओली सरकारले एकातिर, दुईदुईपटक संसद् विघटन ग-यो, स्वयं जनताको हितमा सिन्कोसम्म पनि भाँच्न नपर्ने तर अरूहरूले काम गर्न नदिएको झुटो कारण अगाडि सारेर आफु पानीमाथिको ओभानो बन्ने दाउ खेल्यो । त्यो जनताका आँखामा छारो हाल्ने दाउको परिणाम थियो । 

    त्यसबाट हामीहरूले स्वयं आफ्नै अनुभवबाट माओले उद्घोष गर्नुभएको जनताको सेवा गर भन्ने कुराको सारतत्व तथा जनताको हक, हित र अधिकारका लागि त्याग, तपस्या र बलिदान गर्न सधैं तत्पर क्रान्तिकारी मार्क्सवाद–लेनिनवाद एकातिर तथा अर्कोतिर, संशोधनवाद र सबैखाले अवसरवाद बीचको अन्तर जनताको बीचमा पु-याउन सक्दछौं, पु-याउनुपर्दछ भन्ने बुझ्न सक्दछौं । 

    तसर्थ माओ दिवसको सन्दर्भमा जनताको सेवा गर भन्ने क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई आत्मसात गर्नुपर्दछ । जनसमुदायको माझ क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त तथा संशोधनवाद र सबैखाले अवसरवादबीचको अन्तर स्पष्ट पार्नुपर्दछ । त्यसरी नै क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी सिद्धान्तको विजय, विकास र सुदृढीकरण तथा संशोधनवाद र सबैखाले अवसरवादको पराजय अवश्यंभावी हुनसक्दछ । त्यो जिम्मेवारी क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी पार्टी, सङ्गठन, समूह र ब्यक्तिको काँधमा आएको छ । त्यो कर्तब्यबोधका अगाडि बढ्नका लागि माओदिवसले सधैं प्रेरणा दिन्छ र दिइरहनेछ । तसर्थ माओले देखाएको बाटोमा अगाडि बढौं !

    —मार्क्सवादी विचार मञ्च, नेपाल

    ०७८ पुस ११

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij