२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
समाचार

इरानद्धारा इजरायलमाथि क्षेप्यास्त्र प्रहार, ८८ जना घाइते

इरानद्धारा इजरायलमाथि क्षेप्यास्त्र प्रहार, ८८ जना घाइते

इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले प्रहार गरेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ।

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले प्रहार गरेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ।

    इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमकाअनुसार आक्रमणमा परी घाइते भएका ८८ जनालाई अस्पताल भर्ना गरिएको छ।

    जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम र ५५ जना सामान्य घाइते भएका छन्। आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरादका मेयरसँग कुरा गरेका छन्।

    नेतन्याहुले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्। प्रधानमन्त्री नेतन्याहूले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि यो चलिरहेको अभियानमा यो साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु।’

    नेतन्याहुले थप लेखेका छन्, ‘म हाल घटनास्थलमा काम गरिरहेका आपत्कालीन र उद्धार टोलीहरूको प्रशंसा गर्छु र म सबैलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गर्दछु।’ नेतन्याहुले शत्रुविरुद्ध आक्रमण जारी रहने पनि उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij