२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
समाचार

इरानको आणविक भण्डारमा अपरेसन गर्ने अमेरिकाको तयारी

इरानको आणविक भण्डारमा अपरेसन गर्ने अमेरिकाको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा बाहिर निकाल्ने रणनीतिमा परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा बाहिर निकाल्ने रणनीतिमा परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।

    अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यम ऋद्यक्को विशेष रिपोर्टअनुसार, इरानको आणविक भण्डार नियन्त्रणमा लिन सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ । यद्यपि, यस्तो कुनै सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भने अझै गरिएको छैन र यसको समयसीमा पनि स्पष्ट छैन ।

    रिपोर्टका अनुसार योजना मुख्यतः स्पेशल फोर्स (विशेष सैनिक) प्रयोग गरेर लक्षित अपरेसन सञ्चालन गर्ने सम्भावनामा केन्द्रित छ । यस्तो अपरेसनमार्फत इरानको संवेदनशील आणविक सामग्री कब्जा वा सुरक्षित स्थानमा सार्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ ।

    यदि यस्तो अपरेसन अघि बढाइयो भने, यसले प्रत्यक्ष सैन्य टकरावको खतरा बढाउने र क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij