२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
समाचार

२४२ यात्रु रहेको एयर इण्डियाको विमान दुर्घटना

२४२ यात्रु रहेको एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • काठमाडौं : भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

    विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु गरी २४२ जना रहेको समाचारमा जनाइएको छ।

    अहमदावाद विमानस्थलबाट उडेलगत्तै १५ किलोमिटरको दुरीमा रहेको मेघानीनगरमा विमान दुर्घटना भएको हो। अहिले घटनास्थलमा उदद्दार टोली परिचालन गरिएको छ।

    विमानमा सवार यात्रुहरूबारे अहिलेसम्म जानकारी आइसकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij