२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
इजरायल-प्यालेस्टाइन युद्ध

गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको दर्दनाक नरसंहर

गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको दर्दनाक नरसंहर

अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलद्धारा गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको दर्दनाक नरसंहार भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुख मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताएकी छन्। जेनेभाको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा हराएको बताएकी हुन्।

बुधवार, जेठ २२ २०८२
बुधवार, जेठ २२ २०८२
  • एजेन्सी । अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलद्धारा गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको दर्दनाक नरसंहार भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुख मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताएकी छन्। जेनेभाको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा हराएको बताएकी हुन्।  

    उनले भनिन्,‘देशहरूले यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त काम गरिरहेका छैनन्।’ स्पोलजारिकले प्यालेस्टिनीलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको र अन्तर्राष्ट्रिय मानवीय कानुनको अवमूल्यन भइरहेको बताइन्। गाजामा भइरहेको गतिविधि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न नसकिने उनले बताइन्।  

    गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु
    युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।

    बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij