२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा रुपन्देही डेरी...
समाचार

अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा रुपन्देही डेरी व्यवसायी समितिद्वारा लस्सी वितरण

अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा रुपन्देही डेरी व्यवसायी समितिद्वारा लस्सी वितरण

सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा रुपन्देही डेरी व्यवसायी समितिद्वारा  लस्सी वितरण

    बुटवल  । अन्तर्राष्ट्रिय दुग्ध दिवसको अवसरमा बुटवल ट्राफिक चोकमा सर्वसाधारणलाई निःशुल्क लस्सी वितरण गरिएको छ। रुपन्देही डेरी व्यवसायी समितिको  आयोजनामा सम्पन्न कार्यक्रमले स्वस्थ जीवनशैली र दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको थियो।

    कार्यक्रमको अध्यक्षता रुपन्देही डेरी व्यवसायी समिति  अध्यक्ष विष्णु प्रसाद पाण्डेले गरेका थिए भने प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप–प्रमुख सावित्रा देवी अर्याल थिइन्।

    उप–प्रमुख अर्यालले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि गुणस्तरीय दूध र दूधजन्य उत्पादन आवश्यक रहेको उल्लेख गर्दै डेरी व्यवसायीलाई थप उत्तरदायी बन्न आग्रह गरिन्।

    "स्वच्छ र पोषिलो दूध नागरिकको अधिकार हो, र त्यसलाई सुनिश्चित गर्नु व्यवसायीको कर्तव्य," उनले भनिन्।

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ताको अधिकारप्रति सबै सरोकारवालाको संवेदनशीलता आवश्यक रहेको धारणा राखे। डेरी व्यवसायको सुदृढीकरणले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक असर पार्ने उनले बताए।

    संस्थाका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले अन्तर्राष्ट्रिय दुग्ध दिवसको शुभकामना व्यक्त गर्दै दूधको नियमित सेवन स्वास्थ्यका लागि अत्यावश्यक भएको बताए।

    "दूध मात्र पेय पदार्थ होइन, यो जीवनशैलीको एक अङ्ग हो," उनले जोड दिए।

    कार्यक्रममा मासु व्यवसायी संघ, घर बहाल सरोकार संघ  तथा स्थानीय संघ–संस्था, डेरी व्यवसायीहरू, पदाधिकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    उक्त कार्यक्रमको संचालन रुपन्देही डेरी व्यवसायी समिति सचिव याम प्रसाद शर्माले गरेको थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जीवलाल न्यौपानेले राखेका  थिए ।

     सन्दर्भ: अन्तर्राष्ट्रिय दुग्ध दिवस

    सन २००१ देखि प्रत्येक वर्ष जुन १ (नेपाली जेठ १८/१९) मा अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) को पहलमा सुरु गरिएको यो दिवसले विश्वभर दुग्ध उत्पादन, उपभोग र पोषणीय महत्त्वबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।

    दूध एक सम्पूर्ण आहार हो जसमा शरीरलाई आवश्यक सबै प्रमुख पोषक तत्व — प्रोटिन, क्याल्सियम, भिटामिन डि, रिबोफ्लाभिन आदि पाइन्छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको लागि दूधको सेवन अझै लाभदायक मानिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij