२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

मस्कोमा ठडियो कमरेड स्टालिनको शालिक

मस्कोमा ठडियो कमरेड स्टालिनको शालिक

रुसको राजधानी मस्कोको मेट्रो स्टेसनमा सोभियत संघका कम्युनिष्ट नेता स्टालिनको सालिक राखिएको छ । मस्को टाइम्सका अनुसार सन १९६० ताका तागान्काया स्टेसनमा राखिएको स्टालिनको सालिक स्टालिन विरोधी सोभियत सत्ता आएसँगै ढालिएको थियो । त्यही ढालिएको सालिक पुनः स्थापना गरिएको हो ।

शुक्रवार, जेठ १० २०८२
शुक्रवार, जेठ १० २०८२
  • काठमाडौं । रुसको राजधानी मस्कोको मेट्रो स्टेसनमा सोभियत संघका कम्युनिष्ट नेता स्टालिनको सालिक राखिएको छ ।

    मस्को टाइम्सका अनुसार सन १९६० ताका तागान्काया स्टेसनमा राखिएको स्टालिनको सालिक स्टालिन विरोधी सोभियत सत्ता आएसँगै ढालिएको थियो । त्यही ढालिएको सालिक पुनः स्थापना गरिएको हो ।

    गत हप्ताको बिहीबार सालिक सार्वजनिक रूपमा देखिएको मस्को टाइम्सले उल्लेख गरेको छ । दोस्रो विश्व युद्धको जितको भिक्ट्री परेड खेलिएको केहि समयपछि त्यो समयका सोभियत नेता स्टालिनको सालिक सार्वजनिक रूपमा देखिएको हो । मस्को टाइम्सका अनुसार पुटिनको २५ वर्षे कार्यकालमा स्टालिनका १०५ सालिक बनाइएका छन् ।

    सन १९९१ मा सोभियत संघ विघटन भएसँगै नयाँ रुसमा सोभियत कालका सालिक थिएनन् । तर पछिल्लो समयमा यस्ता सालिक राख्न थालिएको छ । खासगर स्टालिनका सालिकहरू राखिएका छन् ।

    पश्चिमा मिडियाहरूले स्टालिनको सालिक मस्कोको मेट्रोमा राख्न पुटिनकै साथ भएको लेखेका छन् । उसो त पुटिन सोभियत संघ कालका जर्मनी क्षेत्रमा खटाइएका सोभियत संघको गुप्तचरी निकाय केजीबीका अधिकारी नै हुन् ।

    उनी कम्युनिष्ट विरोधी भएता पनि सोभियत संघको भूगोल र विरासतको भने पक्षधर हुन् । सोभियत संघ ढल्नुलाई उनले ‘शताब्दीकै एक दुःखान्त’ भनेर चित्रित गरेका थिए ।

    विश्वमा पहिलो कम्युनिस्ट सत्ता शोभियत संघ पतनको ३५ वर्षपछि मस्कोमा स्टालिनको शालिक पुनस्र्थापना हुनुलाई अर्थपूर्ण मानिएको छ । शोभियत संघका संस्थापक भिआई लेनिनको निधनपछि सत्तामा आएका स्टालिनले सन् १९२४ देखि १९५३ सम्म शोभियत संघ हालको रुसको एकल सत्ता चलाएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij