२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • तीनकुने घटनाका अपराधीलाई कडा कारबाही गर...
समाचार

तीनकुने घटनाका अपराधीलाई कडा कारबाही गर : नेकपा

तीनकुने घटनाका अपराधीलाई कडा कारबाही गर : नेकपा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले तीनकुने घटनाका अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले तीनकुनेमा विरोधसभा आयोजना गर्ने वहानामा भिड जम्मा पारेर विध्वंस मच्चाउनेलाई कारबाही गर्न माग गरेका हुन् ।

आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले तीनकुने घटनाका अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले तीनकुनेमा विरोधसभा आयोजना गर्ने वहानामा भिड जम्मा पारेर विध्वंस मच्चाउनेलाई कारबाही गर्न माग गरेका हुन् ।

    शुक्रबार आफू नेतृत्वको समाजवादी मोर्चाले आयोजना गरेको विशाल जनसभामा सहभागीलाई धन्यवाद दिदै विप्लवले राजावादी—प्रतिगमनकारी तत्वहरुले हिजै आयोजना गरेको सभालाई अराजकताको संज्ञा दिएका छन् । ‘राजावादी—प्रतिगमनकारी तत्वहरुले काठमाडौंको तीनकुनेमा विरोध सभा आयोजना गर्ने बहानामा भिड जम्मा पारेर विध्वंस मच्चाउने कार्य गरे । विध्वंसका क्रममा नेकपा (एकीकृत समाजवाद) को केन्द्रीय कार्यलय, जिल्ला कार्यालय, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घर, भाटभटेनी सुपर मार्केट, कान्तिपुर, अन्नपूर्ण पत्रिका कार्यलय साथै विभिन्न निजी घरहरुमा तोडफोड गर्ने, सवारीसाधनमा आगजनी गर्ने अति निन्दनीय, अराजक, ध्वंसात्मक कार्य गरे ।’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी उक्त विध्वंसकारी कार्यको घोर भत्र्सना गर्दछ र अपराधिकहरुलाई कडा कारबाहीको माग गर्दछ । घटनाबारे जानकारी गाउँदा पनि लामोसमय प्रहरी प्रशासन नपुग्नुका पछाडि के कारण थियो राज्यका सम्बन्धित निकायले जाँचबुझ गर्न आग्रह गर्दछ ।’

    देशमा राजनीतिक अस्थिरता, आर्थिक संकट, भ्रष्टाचार, साँस्कृतिक विचलन, विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको भन्दै विप्लवले यही कारण प्रतिगमनकारी हर्कतले फैलिने मौका पाएको निस्कर्ष निकालेका छन् । ‘यसको निकास प्रतिगमन त हुँनै सक्दैन, यथास्थितिमा गोलचक्कर लगाइ राख्ने दलाल पुँजीवादी प्रवृत्ति र संसदीय व्यवस्थाबाट पनि संभव छैन ।’, विप्लवले अगाडि भनेका छन्, ‘यसका लागि नेपाली विशेषताको समाजवाद या वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य छ ।’

    विप्लवले आम नेपाली परिवर्तनप्रेमी जनतालाई प्रतिगमनकारी एवं यथास्थितिवादी दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्दै समाजवादतिर अगाडि बढ्न नेपाली जनतालाई विशेष अपिल गरेका छन् । शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपको सडकमा विशाल सभाको आयोजना गरेको थियो भने राजावादीहरुले तीनकुनेमा सभा गर्ने योजना बनाएका थिए । सभाअघि नै राजावादीले अराजकता मच्चाएपछि झडप भएको थियो । झडपमा परी एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने ११० जना घाइते भएका थिए ।

    राजावादीको आन्दोलन नेतृत्वविहिन बन्दा ठूलो धनजनको क्षति भएको छ भने समाजवादी मोर्चाको सभा शान्तिपूर्ण र सानदार रुपमा सम्पन्न भएको थियो । 

    Biplab-bigyapti-1-1583x2048.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij