२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • समाजवादी मोर्चाको जनप्रदर्शन : ८ स्थानबाट...
समाजवादी मोर्चाको जनप्रदर्शन

समाजवादी मोर्चाको जनप्रदर्शन : ८ स्थानबाट जुलुस निस्कने तयारी

समाजवादी मोर्चाको जनप्रदर्शन : ८ स्थानबाट जुलुस निस्कने तयारी

समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

    जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

    अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ।सभालाई नेकपाका महासचिव विप्लव, नेकपा माकेका अध्यक्ष प्रचण्ड, नेकपाका एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका महेन्द्रराय यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपाका पिबिएम माइला लामाको नेतृत्वमा कार्यक्रममा सामना सांस्कृतिक परिवारको प्रस्तुति समेत रहनेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij