२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • समाजवादी मोर्चाको प्रदर्शनमा सी गार्मेन्टको रक्तरञ्जित...
समाजवादी मोर्चा

समाजवादी मोर्चाको प्रदर्शनमा सी गार्मेन्टको रक्तरञ्जित झण्डा प्रयोग हुने

समाजवादी मोर्चाको प्रदर्शनमा सी गार्मेन्टको रक्तरञ्जित झण्डा प्रयोग हुने

समाजवादी मोर्चाको आमसभामा प्रयोग गर्ने नेकपाको कारखाना सी गार्मेन्टमा बनाइएको छ । नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादीसम्मिलित मोर्चाले शुक्रबार (१५ चैत) काठमाडौंमा प्रदर्शन गर्दै छ । उक्त प्रदर्शनमा प्रयोग हुने झण्डा विप्लव नेतृत्वको नेकपाको कारखानामा बनाइएको हो ।

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • समाजवादी मोर्चाको आमसभामा प्रयोग गर्ने नेकपाको कारखाना सी गार्मेन्टमा बनाइएको छ । नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादीसम्मिलित मोर्चाले शुक्रबार (१५ चैत) काठमाडौंमा प्रदर्शन गर्दै छ । उक्त प्रदर्शनमा प्रयोग हुने झण्डा विप्लव नेतृत्वको नेकपाको कारखानामा बनाइएको हो ।

    प्रदर्शनमा मोर्चाले एक लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेको छ । माधव नेपाल नेतृत्वको दल नेकपा एसले नारा तयार गरेको छ । भ्रष्टाचार, सुशासन, महँगी सहकारी समस्यादेखि शिक्षकहरूको समस्यालगायत समेटेर १४ वटा नारा तयार गरेको छ । 

    माओवादीले झण्डाका लागि चाहिने भाटा तयार गरेको छ । विप्लव नेतृत्वको नेकपाले आफ्नै ‘सी गार्मेन्ट’ मा झण्डा उत्पादन गरेको मोर्चाका नेताहरूले जानकारी दिए । 

    नेकपाका पोलिटब्युरो सदस्य चिरन पुनले करिब एक लाख झण्डा उत्पादन भइरहेको बताए । यसअघि दलहरूले गर्ने जनप्रदर्शनका लागि बागबजारमा झण्डा तयार गर्थ्ये  I तर, यसपटक गणतन्त्र पक्षधरहरूले गर्ने जनप्रदर्शनमा भने नेकपाको सी गार्भेन्टमा उत्पादित झण्डा प्रयोग हुने भएको हो । 

    नेकपाले आफ्नो सी गार्मेन्ट उद्योग सञ्चालन गरिरहेको छ । अहिले नेकपाका नेता कार्यकर्ताले सी गार्मेन्टबाट बनेका कपडाहरु लगाइरहेका छन् ।  

    486968610_2364358707268396_5585401861763240529_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij