२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • काठमाडौंमा हुने विशाल सभालाई विप्लवलगायत शीर्ष...
यथास्थिति र प्रतिगामी षड्यन्त्रविरुद्ध जनसङ्घर्ष

काठमाडौंमा हुने विशाल सभालाई विप्लवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौंमा हुने विशाल सभालाई विप्लवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने

समाजवादी मोर्चा नेपालले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्र’ विरुद्ध भोलि चैत्र १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैछ । जनप्रदर्शनलाई नेकपाका महासचिव विप्लवलगायत पुष्पकमल दाहाल, माधवकुमार नेपाल, महेन्द्रराय यादव लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • समाजवादी मोर्चा नेपालले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्र’ विरुद्ध भोलि चैत्र १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैछ । जनप्रदर्शनलाई नेकपाका महासचिव विप्लवलगायत पुष्पकमल दाहाल, माधवकुमार नेपाल, महेन्द्रराय यादव लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ १ गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं’ भन्ने मूल नारा तय गर्दै काठमाडौंमा विशाल जनप्रदर्शन गर्न लागेको हो । समाजवादी मोर्चाको बुधबार बसेको बैठकले जनप्रदर्शनका लागि आवश्यक तयारीसहित मूल नारा र सहायक नाराहरु तय गरेको छ ।

    मोर्चाले मूल नारासहित जनप्रदर्शनका क्रममा लगाउने १५ वटा नाराहरु तय गरेको समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।

    जसमा तय गरिएका नाराहरु समाजवादी मोर्चा, नेपाल – जिन्दावाद, समाजवादी क्रान्ति – जिन्दावाद, प्रतिगामी षडयन्त्र – मूर्दावाद, गणतन्त्र नेपाल – जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भ्रष्टाचारीलाई कारवाही गर,सुशासन कायम गर, महँगी र कालोबजारी नियन्त्रण गर, सहकारी, लघुवित्त र मिटरब्याजीको समस्या समाधान गर रहेका छन् ।

    यस्तै मोर्चाले चर्को ब्याज – नियन्त्रण गर, वेरोजगारी समस्या समाधान गर, महिला र दलितमाथिको उत्पीडन अन्त्य गर, शिक्षकहरुको समस्या समाधान गर र वीर सहिद – लाल सलाम जस्ता नाराहरु तय गरेको छ ।

    नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी सहभागी समाजवादी मोर्चाले राजावादीहरुको पछिल्लो प्रतिगामी षड्यन्त्रलाई काउण्टर दिन पनि जनप्रदर्शनको आयोजना गरेको हो ।

    समाजवादी मोर्चाले आफ्नो मूल नारामा ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ ! गणतन्त्रको सम्बर्ध्दन राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं’ भन्दै गर्दा दलाल संसदीय व्यवस्था र राजावादी दुबैको षडयन्त्रको विरोध गरिएको छ । मूल नारामै गणतन्त्रको सम्बद्र्धन गर्दै समाजवादमा जानु पर्ने दृष्टिकोण दिएको छ ।

    यस्तै मूल नारामार्फत मोर्चाले देशको स्वाधीनता खतरामा परेको संकेत गर्दै स्वाधीनता रक्षाका लागि पनि जनएकता आवश्यक भएको सन्देश दिएको छ ।

    मोर्चाले जनप्रदर्शनको भव्य तयारी गरेको छ भने भृकुटीमण्डपमा झण्डै १ लाख मान्छे उतार्ने तयारी गरेको छ । जनप्रदर्शन कोटेश्वर, कुपण्डोल, कालीमाटी लगायतका स्थानबाट जुलुससहित भृकुटीमण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij