२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • राजनीति
  • 'गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्ध चैत...
समाचार

'गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्ध चैत १५ को आन्दोलन हो' : प्रकाण्ड सी

'गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्ध चैत १५ को आन्दोलन हो' : प्रकाण्ड सी

जनताले धेरै ठूलो त्यागबाट गणतन्त्र आएको छ । यसका केही लिमिटेसन छन् । कमीकमजोरीहरु छन् तर जनताले गरेका आलोचनालाई लिएर फेरी पश्चगमनमा लैजानु मध्ययुगतिर फर्काउने षड्यन्त्र भइरहेको छ । यसका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्टहरु एक हुनुपर्छ । चैत १५ गते प्रतिगमन विरुद्ध सडकमा आन्दोलन गछौं ।

बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • जनताले धेरै ठूलो त्यागबाट गणतन्त्र आएको छ । यसका केही लिमिटेसन छन् । कमीकमजोरीहरु छन् तर जनताले गरेका आलोचनालाई लिएर फेरी पश्चगमनमा लैजानु मध्ययुगतिर फर्काउने षड्यन्त्र भइरहेको छ । यसका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्टहरु एक हुनुपर्छ । चैत १५ गते प्रतिगमन विरुद्ध सडकमा आन्दोलन गछौं । 

    गणतन्त्रको रक्षा गर्न सबै कम्युनिस्ट वामपन्थीहरुलाई विशेष अपिल गर्दछौं । देश अहिले धेरै अप्ठ्यारोमा छ । राजतन्त्रवादीहरु सत्ताबाट बाहिरिएपछि फर्किन बारम्बार दिवास्वप्न देखिरहेका छन् । यसको पछाडी विदेशी शक्तिहरुको समेत भूमिका रहेको छ । यसलाई रोक्न आन्दोलन जरुरी छ । 

    चैत १५ गते आन्दोलनमा डेढलाख जनता सडकमा उत्रिन्छन् । राजावादीलाई बोल्ने अधिकार छ तर राजतन्त्र फर्किदैन । हाम्रो आन्दोलनलाई राजावादीले अवरोध गर्न खोजे त्यो दुस्साहस हुन्छ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । आन्दोलनलाई भड्काउन खोजे त्यो महंगो हुन्छ । 

    अहिलेको दुनियाँमा राजनीतिक रुपले सबैभन्दा सचेत नेपाली जनता छन् । यो कुरा राजावादीहरुले बुझ्नुपर्छ । नेपाली जनता अहिले देशलाई स्वाधिन बनाउने अभियान र यो भन्दा उच्च व्यवस्था प्राप्त गर्ने आन्दोलनमा छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा भएका कमजोरीलाई सुधार्नुपर्छ । गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनता र जनतन्त्रका लागी चैत १५ गतेको आन्दोलन हो । 

    पूर्वराजा ज्ञानेन्द्रले नेपाली जनतालाई मूर्ख बनाउन दुस्साहन गर्नुहुँदैन । अहिलेको समस्याको समाधान पूर्व ज्ञानेन्द्र होइन । ज्ञानेन्द्रले त्यो दुस्साहन गरे नेपाली जनताले बढार्छन् । 

    (समाजवादी मोर्चाको बैठकपछि पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता प्रकाण्ड सीको संक्षिप्त मन्तब्य)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij