२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।

    बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिबन्ध वित्तीय तथा भिसासँग सम्बन्धित छ। अमेरिकी, उसका सहयोगी तथा परिवारमाथि छानबिन गर्नेलाई प्रतिबन्ध लगाइएको हो।

    गत नोभेम्बरमा इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई गाजा युद्धका कारण वारेन्ट पत्र जारी गरेका कारण यो प्रतिबन्ध लगाइएको हो। ट्रम्पले आइसिसीमाथि प्रतिबन्ध लगाएको यो नै पहिलो पटक भने होइन। यस अघि उनले अफगानिस्तानसँगको विषयलाई लिएर प्रतिबन्धको निर्णय गरेका थिए।

    सन् २०२० को जुनमा ट्रम्पले आइसिसीका वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेका थिए। उनले अफगानिस्तानमा भएको युद्ध अपराधमा संलग्न रहेको भन्दै अमेरिकी अधिकारीमाथि छानबिन भएपछि यसमा सरिक आइसिसी अधिकारी नै प्रतिबन्धको घोषणा गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij