२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
चीन-अमेरिका व्यापार युद्ध

चीनले अमेरिका विरुद्ध बदला, १० प्रतिशत कर लगाउने घोषणा

चीनले अमेरिका विरुद्ध बदला, १० प्रतिशत कर लगाउने घोषणा

चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले चिनियाँ सामान थप १० प्रतिशत कर लगाउने निर्णयको बदलास्वरुप चीनले पनि कर लगाउने घोषणा गरेको हो ।

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

    अमेरिकाले चिनियाँ सामान थप १० प्रतिशत कर लगाउने निर्णयको बदलास्वरुप चीनले पनि कर लगाउने घोषणा गरेको हो ।

    चीनले अमेरिकाबाट आयात हुने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीमा कर लगाएको बीबीसीले जनाएको छ ।

    यसअघि अमरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेको थियो ।

    यसको जवाफमा चीनले पनि अमेरिकाविरुद्ध त्यति नै भन्सार महुसल तोकेको बीबीसीले जनाएको छ ।

    अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध तोकेका २५/२५ प्रतिशत कर लागू गर्ने निर्णय भने ३० दिनका लागि स्थगन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij