२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
इन्टरनेट प्रविधि

भैरहवाका मुख्य चोकमा 'फ्री वाईफाई जोन'

भैरहवाका मुख्य चोकमा 'फ्री वाईफाई जोन'

रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्री वाईफाई जोन बनाएको छ ।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१

  • भैरहवा, पुस ७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्री वाईफाई जोन बनाएको छ ।

    जिल्लाको सदरमुकाम समेत रहेको भैरहवामा गत बैशाखदेखी फ्री वाईफाई जोन बनाईएको हो । नगरपालीकाले भैरहवा स्थलमार्ग हुदै धेरै पर्यटक आवागमन हुने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी हाल पाँच स्थानमा फ्री वाईफाई जोन बनाएको हो ।

    सिद्धार्थनगर नगरपालीकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई फ्री वाईफाई जोन बनाएको जानकारी दिए । उनले अहिलेको प्रबिधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको बताए ।

    नगरवासी बासी, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाईट बाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरुमा छिटो छरितो तथा सजिलै पहुच हुने उदेश्यका साथ फ्रि वाई फाई जडान गरिएको उनको भनाई छ ।

    उनले अहिले भैरहवाका पाँच स्थानमा फ्रि वाईफाई सेवा सुचारु गरिएको बताउदै आवश्यकता भएका स्थानमा आगामी दिनमा समेत बिस्तार गर्दै लैजाने बताए । नगरपालीकाका सूचना प्रबिधि अधिकृत तपन पाण्डेयले ईन्टरनेट सेवा हरेक ब्यक्तिले प्रति दिन एक घण्टा प्रयोग गर्न पाउने बताउदै यसले अनावश्यक रुपमा ईनटरनेटको प्रयोग रोकिने बताए ।

    बढी समय इन्टरनेट सेवा प्रबाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरि यस्तो गर्न लागिएको उनले बताए । यसबाट सकारात्मक प्रतिक्रीर्या आएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij