२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • नेपालमा लिङ्ग परिवर्तन सफल, पुरुषलाई महिला...
विदेशमा गर्दा १२–१५ लाख लाग्नेमा स्वदेशमा औषधिमा मात्रै खर्च

नेपालमा लिङ्ग परिवर्तन सफल, पुरुषलाई महिला बनाइयो

नेपालमा लिङ्ग परिवर्तन सफल, पुरुषलाई महिला बनाइयो

नेपालमै पहिलोपटक लिंग परिवर्तनको शल्यक्रिया भएको छ । पुरुषको शारीरिक बनोट लिएर जन्मिएका जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरमा महिलाको अनुभूतिअनुसार टिचिङका डाक्टरले ६ घण्टा लगाएर लिंग परिवर्तन गरिदिएका हुन् । लिंग परिवर्तनका लागि पहिलो केस भएकाले विदेशी चिकित्सकको समेत सहयोगमा शल्यक्रिया गरिएको त्रिविको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले बताए ।

जनबाटो
सोमवार, जेठ २७ २०८२
जनबाटो
सोमवार, जेठ २७ २०८२
  • नेपालमै पहिलोपटक लिंग परिवर्तनको शल्यक्रिया भएको छ । पुरुषको शारीरिक बनोट लिएर जन्मिएका जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरमा महिलाको अनुभूतिअनुसार टिचिङका डाक्टरले ६ घण्टा लगाएर लिंग परिवर्तन गरिदिएका हुन् । लिंग परिवर्तनका लागि पहिलो केस भएकाले विदेशी चिकित्सकको समेत सहयोगमा शल्यक्रिया गरिएको त्रिविको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले बताए । 

    ‘हामीले नेपालमै पहिलोपटक सफल रूपमा लिंग परिवर्तन गराएका छौँ । ती व्यक्तिले जे महसुस गरेका थिए र इच्छाएका थिए सोहीअनुसार शल्यक्रिया गर्‍यौँ । पहिलोपटक भएकाले हामीले विदेशी चिकित्सकको पनि सहायता लिएका थियौँ,’ उनले भने । ती व्यक्तिको शल्यक्रियाका क्रममा लिंगलाई महिलाको जननेन्द्रियको रूपमा पुनर्निर्माण गरिएको छ ।

    उनको स्तन र अनुहारको समेत शल्यक्रिया भएको छ । ‘उनको लिंगको ठाउँमा अप्रेसन गरेर योनिको आकार दिइएको छ । लिंगका तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रियको रूपमा पुनर्निर्माण गरिएको हो,’ उनले भने, ‘स्तन र अनुहारको समेत अप्रेसन गरेर महिलाको स्वरूपमा परिमार्जन गरिएको छ ।’ १५ जेठमा शल्यक्रिया गरिएकोमा उनी अस्पतालमै स्वास्थ्य सुधारको क्रममा रहेको पनि डा. श्रेष्ठले बताए । 

    त्रिविको प्लास्टिक सर्जरी विभाग  प्रमुख जयनमान श्रेष्ठले भने– लिंगको ठाउँमा अप्रेसन गरेर योनिको आकार दिइएको छ । लिंगका तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रियको रूपमा पुनर्निर्माण गरिएको हो । स्तन र अनुहारको समेत अप्रेसन गरेर महिलाको स्वरूपमा परिमार्जन गरिएको छ ।

     विदेशमा गर्दा १२–१५ लाख लाग्नेमा स्वदेशमा औषधिमा मात्रै खर्च
    नेपालका ट्रान्सजेन्डरहरूले सिंगापुर तथा अन्य देशमा गएर लाखौँ खर्चमा अंग परिवर्तन गर्ने गरेका छन् । विदेशमा यस प्रकारको शल्यक्रियामा १२ देखि १५ लाखसम्म खर्च लाग्ने गरेको छ । नेपालमा आवश्यक औषधिका लागि मात्रै खर्च लाग्ने र अरू सबै निःशुल्क हुने डा. श्रेष्ठले बताए । 

    नेपालमा स्तन, अनुहारको प्लास्टिक सर्जरी भने यसअघिदेखि नै हुँदै आएको छ । शल्यक्रियामा एलजिबिटिक्युआइए समुदायको छाता संस्था ब्लु डायमन्ड सोसाइटीले सहजीकरण गर्ने गरेको छ । सोसाइटीकी सदस्य (ट्रान्सजेन्डर) पिटरले भनिन्, ‘अन्य देशको तुलनामा हाम्रो देशमा लिंग परिवर्तनका लागि कानुनी व्यवस्था सहज छ । पहिलोपटक शल्यक्रिया पनि सफल रूपमा भएको छ ।

    शारीरिक आकृतिभन्दा फरक भावना हुनेहरूलाई भावनाअनुसारकै शारीरिक बनोट बनाउने यसप्रकारको शल्यक्रियाले जिउन सहज बनाउँछ, यो खुसीको कुरा हो,’ उनले भनिन् । त्यसो त टिचिङको प्लास्टिक सर्जरी विभागमा पछिल्लो समय ट्रान्सजेन्डर मात्रै नभएर अन्य व्यक्ति पनि यौनांग मिलाउने तथा सर्जरी गर्ने थुप्रै केस लिएर आउने गरेको डा. श्रेष्ठ बताउँछन् । 

    -शिवहरि घिमिरे, नयाँपत्रिका

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij