२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
सिरिया युद्ध र सम्भावना

सिरियामा सत्ताको सूर्योदय र सूर्यास्त

सिरियामा सत्ताको सूर्योदय र सूर्यास्त

सिरियाका विद्रोही समूहरू जिहादी हुन् यस विषयमा विवाद रहेको छ । असदले सिरिया छाडेपछि टर्की र इजरायलको सक्रियता बढेको छ भने इरानको भूमिका घट्ने सम्भावना छ ।

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • गएको आइतबारको मध्यरातमा सिरियाका राष्ट्रपति बसर अल असद प्लेन चढेर रुसको राजधानी मस्को राजनीतिक शरणमा पुगे । अल असद परिवारको ६१ वर्षको राजनीतिक विरासत सकियो । बाथ पार्टीले १९६३ देखि र अल असद परिवारले १९७१ देखि सिरियामा शासन गरिरहेका थिए । अरब विद्रोह २०११ बाट सुरु भएपछि सिरिया पनि गृहयुद्धमा थियो । इस्लामिक संगठनहरूले सिरियाका सबैजसो सहरमा कब्जा जमाएका छन् । जुलाई १, १९२२ मा फ्रान्सेली उपनिवेश रहेको सिरियालाई संघीयतामा लान चार प्रान्त बनाइयो । दमस्कस, एलेप्पो, अलाविट्स र द्रुजे तर कुर्द क्षेत्रलाई यसमा समावेश गरिएन किनकि कुर्दहरू स्वतन्त्र देश बनाउने अभियानमा लागेका थिए । सन २०११ देखि असदको विरोध बढिरहेको थियो । २ करोड ५० लाख जनसंख्या भएको सिरियामा आधा जनसंख्या गृहयुद्धका कारण विस्थापित भएका थिए । सिरियालीहरू शरणार्थीका रूपमा टर्की, इराक, जोर्डन, लेबनन गए । ३० लाख जति शरणार्थी टर्की पसेका थिए । सिरियामा पाँच लाख मानिस मारिए । प्यालेस्टाइनका कारण रुस, इरान हेजबुल्लाहले असदलाई सघाए । अमेरिकाले सिरियामा विद्रोह मच्चाउन उसका सहयोगी विद्रोहीहरूलाई २ अर्ब अमेरिकी डलर खर्च गरेको वाशिङ्टन पोस्टले २०१५ मा छापेको थियो । न्युयोर्क टाइम्सले त्यो सहयोगलाई अप्रेसन साइकामोर लेख्यो अफगानिस्तानमा १९८० को दसकमा अप्रेसन साइक्लोन जस्तो । 

    सिरियामा धेरै विद्रोही समूहहरूले विभिन्न सहर कब्जा गरेका छन् । सिरियाको विद्रोही समूह हायात तहरिर अल-साम (एचटिएस), जसलाई टर्कीले सहयोग गर्छ प्रमुख विद्रोही समूह हो । यो संगठन पहिला आइएसआइएस अर्थात् अल-कायदाबाट २०१२ मा सुरु भएको थियो । अल-कायदा पछि यो समूहको नाम नुसरा फ्रन्ट भयो र त्यसपछि हायात तहरिर अल-साम बन्यो । यही समूह अहिले सिरियाको प्रमुख विद्रोही समूह हो जसका नेता अबु मोहम्मद अल-जोलानी हुन् जसलाई समात्न सही सूचना दिने मानिसलाई अमेरिकाले २०१७ मा १ करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो । दोस्रो कुर्दिस विद्रोही समूह अमेरिकी सहयोगमा विद्रोह गरिरहेको थियो । तेस्रो अलावाइट समूह समुद्रीतट क्षेत्रमा इरान, इराक र हेजबुल्लाह समूहको सहयोगमा संचालित थियो । चौथो सिरिया डेमोक्रेटिक समूह जसलाई इजरायलले समर्थन गर्छ । 

    सिरियाका विद्रोही समूहरू जिहादी हुन् यस विषयमा विवाद रहेको छ । असदले सिरिया छाडेपछि टर्की र इजरायलको सक्रियता बढेको छ भने इरानको भूमिका घट्ने सम्भावना छ । इजरायलले सिरियाको सैन्य शक्ति कमजोर पार्न सिरियाको दक्षिण रणनीतिकक्षेत्र माउन्ट हरमन कब्जा गर्न लागेको छ । इजरायलले सिरियाको १०० भन्दा बढी ठाउँमा बमबारी गरेको छ । दारा, क्वानेइटा र दमस्कस निसानामा छन् । असदको सिरियाबाट पलायन पछि सिरियाका विभिन्न क्षेत्रहरू अनेक विद्रोही समूहका कब्जामा रहेका छन् । रणनीतिक रूपले महत्वपूर्ण स्थानमा रहेको सिरियामा सत्ता संघर्षले मध्यपूर्वमा अरु बढी समस्या थपिएको छ । इजरायल गाजा युद्धमा गाँजिएको छ, रुस युक्रेनमा फँसेको छ मध्यपूर्व आक्रान्त छ । असद शासनको सूर्यास्त भएपछि कुन समूहको सिरियामा सूर्योदय हुने हो स्थिति आजसम्म अन्योल देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij