२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव

फ्रान्समा तीन महिनामै ढल्यो सरकार

फ्रान्समा तीन महिनामै ढल्यो सरकार

फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ। बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्‌ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको हो।

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं : फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ। बार्नियरविरुद्धको अविश्वासको प्रस्ताव संसद्‌ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको हो। पाँच सय ७७ सदस्यीय संसद्‌मा अविश्वासको मत पारित हुन दुई सय ८८ मत चाहिनेमा तीन सय ३१ मत परेको थियो। 

    चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर बार्नियरलाई अपदस्थ गरेका हुन्। सांसदहरूले या त अविश्वासको पक्षमा मतदान गर्नुपर्ने या तटस्थ रहनु पर्ने व्यवस्था गरिएको थियो।

    प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै सामाजिक सुरक्षा वित्तीय योजना विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए।

    फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो। यससँगै बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री बने।  

    बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँ समक्ष राजीनामा बुझाउन बाध्य हुनु भएको र जुन बजेटका कारण उनको पतन भएको हो त्यो बजेट निष्क्रिय भएको छ। 

    राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोँले उनको उत्तराधिकारी चयन नगर्दासम्म उनी नै  कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत रहनेछन्। यसैबीच राष्ट्रपति म्याक्रोँले आज देशवासीका नाममा सम्बोधन गर्ने जनइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij