२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5751

थोत्रो नौमती

थोत्रो नौमती

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • -रमेश सी 'विक्रान्त'

    क्रान्ति र क्रान्तिकारी विरुद्ध 
    थोत्रो नौमती बजाउनु मुर्खता हो
    सौताबाजी गर्नु भुल हो
    त्यसैले कमरेट 
    त्यसैले कमडेड
    बरालिनु हुदैन विना लक्ष
    छुट्टिनु हुदैन अचेतमा
    उफ्रनु हुदैन कम वजनले
    कतै पुर्याउदैन रोदनले
    यहीँ भन्छ महापतनले


    तिमी भागेर गयौं 
    हामी बाट आकाश खसाल्छु भनेर
    थाक्दा सम्म 
    हाम्रा विरुद्धमा 
    बजाउनु  बजायौ 
    तिम्रो थोत्रो नौमती
    हामी गम्भीर भयौ 
    क्रान्ति पक्षधरमा
    हामी विश्वस्त दृढ भयौ
    हाम्रो रणनीतिमा
    त्यसैले त 
    तिमीले थोत्रो नौमती
    बजाएको वास्ता नगरी 
    कोदालो बोक्यौ,धान रोप्यौ
    आत्मनिर्भर बनेर पार्टी चलायौ
    तिम्रो आत्मरति र आत्मरक्षाको बेला
    हामी अभिभावक बनेर
    नेतृत्व गर्दैछौं नेपाली कम्युनिस्टको
    हामी नेतृत्व गर्दैछौं 
    नेपाली विशेषताको समाजवादको 
    आउ बरु सचेत भएर
    एकीकृत जनक्रान्तिको बाटोमा 
    अनिश्चय,रक्षा ,सम्भावना र रुपान्तरणलाई
    आत्मसात गरेर 
    कमरेट र कमडेडको
    थोत्रो नौमतीले
    बिचल्ली बनाउछ ।



    ५ साउन २०८१

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij