२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--5749

सूचना प्रविधि सम्बन्धी २० रोचक तथ्यहरु

सूचना प्रविधि सम्बन्धी २० रोचक तथ्यहरु

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • आजको युग सूचना र प्रविधिको युग हो । द्रुततर र अकल्पनीय तवरबाट वृद्धि भइरहेको सूचना र प्रविधिको विकासले सारा विश्व ब्रह्माण्ड साघुँरिदै गै रहेको प्रतित हुन्छ । सूचना र प्रविधिको विकासले कतिपय काल्पनिक तथा असम्भव प्रायः लाग्ने कुराहरु यथार्थमा परिणत भएको पाइन्छ । सूचना प्रविधि का उपलब्धि हरु ले हाम्रो जीवनयापन सहज र सरस बनाएको कुरामा कसैको दुईमत नहोला । सूचना प्रविधिका कतिपय तथ्य तथा जानकारीहरु सबैलाई थाहा नभएको हुनसक्छ । त्यसैले सूचना प्रविधिसँग सम्बन्धित २० रोचक तथ्य तथा जानकारीहरु यहाँ प्रस्तुत गरेको छु ।  

    १) कम्प्युटरको पहिलो माउस काठ बाट बनाइएको थियो । 

    २) पहिलो कम्प्युटर प्रोग्रामर महिला हुनुहुन्थ्यो । उहाँको नाम अडा लोभेलेस (Ada Lovelace) थियो । 

    ३) कम्प्युटरको पहिलो गेम Tennis for two सन् १९५८ मा बनाइएको थियो । 

    ४) कम्प्युटरको पहिलो भाइरसको नाम Creeper virus थियो जुन सन् 1976 मा आफैंलाई फैलाउँदै लैजाने गरी बनाइएको थियो । 

    ५) पहिलो इमेल सन् १९७१ मा पठाइएको थियो । रे टोमलिन्सन Ray Tomlinson नामका कम्प्यूटर इन्जिनियर ले उक्त ईमेल पठाउनु भएको थियो । 

    ६) संसारको पहिलो सर्च इन्जिन (search engine) आर्ची (Archie) सन् 1990 मा बनाइएको थियो ।

    ७) सन् १९९३ मा पहिलो वेब ब्राउजर (web-browser) मोजाईक ( Mosaic ) को सुरुवात गरिएको थियो ।

    ८) इन्टरनेटको दुनियाको अहिलेसम्मको बादशाह गुगल Google सन् १९९८ मा ल्यारी पेज Larry Page र सर्गेइ ब्रिन Sergey Brin द्वारा संयुक्त रुपमा सुरुवात गरिएको थियो । त्यतिबेला उहाँहरुको स्ट्यान्डफोर्ड (Stanford University) विश्वविद्यालयका विद्यार्थीहरु हुन्थ्यो । 

    ९) ईन्टरनेट दुनियाँको पहिलो सामाजिक सञ्जाल वेबसाइट सिक्स डिग्री (six degree) सन् १९९७ मा शुरुवात गरिएको थियो तर यो कहिल्यै पपुलर हुन सकेन । इन्टरनेटमा अझै पनि यो साइटलाई ब्राउज गर्न र चलाउन सकिन्छ । 

    १०) पहिलो स्मार्टफोन द आई बि एम सिमोन (the IBM Simon) सन् १९९३ मा रिलिज गरिएको थियो । 

    ११) पहिलो क्यामेरा फोन सन् २००० मा जापानमा रिलिज गरिएको थियो ।

    १२) पहिलो टुइट (First Tweet) सन् २००६ मा पठाइएको थियो । ट्विटरका सह- संस्थापक. ज्याक डोर्से Jack Dorsey ले उक्त ट्वीट पठाउनु भएको थियो जसमा लेखिएको थियो "just setting up my twttr " 

    १३) पहिलो एप स्टोर आईफोन एप स्टोर iphone appstore हो जुन सन् २००८ मा सुरुवात गरिएको थियो । 

    १४) कम्प्युटरबाट निर्माण गरिएको पहिलो एनिमेटेड फिल्म को टोय स्टोरी Toy Story हो जुन सन् १९९५ मा रिलिज गरिएको थियो । 

    १५) संसारको पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा निर्माण गरिएको थियो । 

    १६) पहिलो कम्प्युटरमा आधारित training programme सन् १९५१ मा यु. एस. एयर फोर्स US Airforce द्वारा निर्माण गरिएको थियो । जुन राडार टेक्निसियन हरुलाई तालीम दिनका लागि प्रयोग गरिएको थियो ।

    १७) पहिलो अनलाइन कारोबार सन् १९९४ मा गरिएको थियो जसमा इन्टरनेटको प्रयोग गरेर एक जनाले पिज्जा हट बाट पिज्जा pizza किन्नु भएको थियो । 

    १८) पहिलो अनलाईन इन्साइक्लोपेडिया (online encyclopedia) विकिपेडियाको सुरुवात सन् २००१ मा गरिएको थियो जसमा विश्वभरका स्वयंसेवकहरुले लेखरचनाहरु लेख्ने र एडिट गर्ने गर्दछन् । 

    १९) संसारको पहिलो एम पी थ्री प्लेयर mp3 player) MPman हो जुन सन् १९९८ मा रिलिज गरिएको थियो । यसको भण्डारण क्षमता ३२ एमबीको थियो जसमा ६ देखि ८ वटासम्म गीतहरू भण्डारण गर्न सकिन्थ्यो । 

    २०) संसार पहिलो मोबाइल फोन सन् १९७३ मा मोटोरोला motorola कम्पनीका कामदार मार्टिन कुपर Martin Cooper ले बनाउनुभएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij