२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--5747

न्युरालिंक अर्थात् दिमागमा चिप्स !

न्युरालिंक अर्थात् दिमागमा चिप्स !

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • अब त्यस्तो समय आइपुगिसकेको छ, दिमागले सोच्न पनि सहजीकरण हुने वा गरिने † विज्ञान र प्रविधिको क्षेत्रमा यो एक अनौठो प्रयोग हुनेछ । यसका लागि अहिले तँछाडमछाड छ । कसले न्युरालिंकको बजार खाने ?

    कम्प्युटरको आविस्कारले ल्याएको चमत्कारपछिको अर्को चमत्कारका रूपमा यसलाई ल्याउन थालिएको छ । विश्वका धनाढ्य अमेरिकी एलन मस्कको स्टार्टअप न्युरालिंकले यसको परीक्षण द्रुत गतिमा गरिरहेको छ ।

    रोबोटको खेती गरिरहेको मानिस अब केही समयभित्र आफैं रोबोट त हुने होइन भन्ने प्रश्न जब्बर रूपमा उब्जाएको छ, यसले । राम्रै हालतमा रहेका मानिसलाई के गर्ला र कस्तो बनाउला ? त्यो सोचनीय छ । तर, यसको विरोध भइरहँदा बचाउका लागि भनिएको छ, ‘चिप्सको सहयोगमा प्यारालाइसिस बिरामीहरूले उनीहरूको दिमागभन्दा तीव्र गतिमा काम गर्न सक्नेछन् ।’

    यसको सोझो अर्थ लाग्छ, त्यसो भए स्वस्थ मानिसले त विश्व ब्रह्माण्ड नै जान्न पाउने भए । अहिले चिप्सको प्रयोग बाँदर र सुँगुरमा सफलतापूर्वक भइरहेको छ । ती प्राणीको दिमागमा चिप्स प्रयोग गरिएपछि उनीहरूको व्यवहारमा ‘स्मार्टनेस’ देखापर्ने गरेको छ । उनीहरूले ‘डबल’ दिमाग भएको प्राणीका रूपमा आफ्नो स्वभावमा परिवर्तन आएको स्पष्ट देखाउन थालेका छन् । न्युरालिंक प्रत्यारोपण सुनिश्चितताका लागि भइरहेको प्रयासबाट मस्क अहिले मक्ख परिरहेका छन् ।

    बाँदरको मस्तिष्कमा न्युरालिंक वायरलेस इम्प्लान्ट गरेर स्वस्फूर्ततामा क्रियाकलाप गर्न दिँदा बाँदरले भिडियो गेम खेल्ने, फिल्म हेर्ने र आफैंले गेमहरू बदल्ने अनि नयाँ गेम खेल्ने गरेको छ ।

    न्युरालिंक चिप्सको सफलाका लागि सन् २०१६ मै मस्कले स्टार्टअप स्थापना गरेका थिए । आज ७ वर्षको अन्तरालमा यसको परीक्षण पनि फलतापूर्वक भइरहेको छ । यसको क्लिनिकल ट्रायलपछि मानव दिमागमा प्रयोग गरिने तयारी गरिएको छ ।

    चिप्सको विज्ञापन पनि आइसकेको छ । विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान् चिकित्सक, इन्जिनियर आदिलाई चिप्स प्रत्यारोपणको प्राथमिकतामा राखेको छ । न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई विशेष स्थान दिइने पनि भनिएको छ ।

    मानव सेवा र भलाइका लागि गरिन थालिएको यस कर्मबाट प्यारालाइसिसका कारण नसाको समस्या भोगिरहेका मानिसलाई प्राथमिकतामा राखिने भनिएको छ । अंग्रेजी ‘एक्स’ अक्षरमा असीम आशक्ति रहेका एलन मस्कको न्युरालिंकको लोगो पनि एक्सबाटै निर्माण गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij