२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5533

कमरेडलाई हाँसेको मन पर्दैन

कमरेडलाई हाँसेको मन पर्दैन

सोमवार, जेठ २९ २०८०
सोमवार, जेठ २९ २०८०
  • -विक्रान्त सी

    खै किन ? आजभोलि 
    कमरेडलाई अरु 
    हाँसेको मन पर्दै पर्दैन
    नाचेको  त झन् 
    पटक्कै मन पर्दैन ।


    म एक्लै हाँस्छु
    म एक्लै नाच्छु
    भनेरनै कमरेड 
    जानु भएको हो
    बरालिएर


    दिमागमा हावा बोकी
    कुइएका झारपात बोकी
    हातमा बेलुन समातेर
    अविजात सिंहासनमा


    पृथ्वीको एक भागमा
    असाध्यै गर्मी बढीरहेको छ
    त्यो चर्को घर्मीमा
    कमरेडको टाउकोमा 
    असाध्यै बढी पोल्छ
    गिदी उम्लिरहेको छ
    त्यसैले कमरेडलाई
    आजभोलि निन्द्रा लाग्दैन
    कमरेडलाई हास्न आउदैन ।


    गर्मीलाई थेक्नको लागि 
    दिमागमा क्रान्ति हुनुपर्ने रहेछ
    हावा नलगाउदासम्म
    कमरेडलाई निन्द्रा लाग्दैन
    अर्धनिन्द्रामा बरबराउनु हुन्छ रे
    आजभोलि कमरेड 
    चर्को गर्मीमा हासेको
    क्रान्तिकारी गितमा नाचेको
    कमरेडलाई मन पर्दैन ।


    कमरेडले कमरेड शब्दको 
    बदनाम गरिरहनु भएको छ
    अझै बेलुनमा हावा
     भरिरहनु भएको छ ।


    कमरेडलाई बतासे दर्शन
    आकाशे खेति बहुत मनपर्छ 
    पशुपति को प्रसाद जस्तै
    अन्नपूर्णको भेटी 
    आधा उमेरको केटी
    कमरेडलाई बहुत मनपर्छ ।


    क्रान्तिको बारीमा फुल फुलाएको
    फुलमा मौरी रमाएको
    दुश्मनको मुटु कमाएको 
    कमरेडलाई ठिक लाग्दैन
    त्यसैले कमरेडलाई आजभोलि 
    वर्गिय माया लाग्दैन
    कमरेडलाई कमरेड हासेको
    कमरेडलाई कमरेड नाचेको
    खै किन मन पर्दैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij