२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5523

तालिबानी कामरेड

तालिबानी कामरेड

शनिवार, जेठ २७ २०८०
शनिवार, जेठ २७ २०८०
  • यता नेपालका छापामारलाई
    गाई काट गाईको मासु खाउ भन्ने पनि आफैं
    उता भारतका पुजारीलाई
    गौमाता हुन
    गाई पुज्नु परम धर्म हो भन्दै
    गाई पुजकको खुट्टा ढोग्ने पनि आफैं 

    यता नेपालका छापामारलाई
    जलजलाको मन्दिर जाउ
    जलजलाको मन्दिरलाई
    गाई आन्द्राको माला लगाउ भन्ने पनि आफै

    उता भारतको मन्दिरमा
    फूलपत्र चढाइ
    गेरुबस्त्र पहिरनमा
    शाष्टाङ्ग दण्डवत गर्ने पनि आफै

    कामरेड !
    तिम्रो यस्तो प्रचण्डपथलाई
    तिम्रा भक्तहरु
    धार्मिक निरपेक्षता भन्छन् 

    कामरेड !
    मान्दिरलाई गाईआन्द्राको माला लगाएर
    महाकालको मन्दिर ढोग्नु
    गेरुबस्त्र लाउनु
    धार्मिक निरपेक्षता होइन
    तालिबानी शिक्षा हो

    कामरेड !
    मन्दिरलाई गाईआन्द्राको माला लगाएर
    चर्च गुम्बा मस्जिद गएर
    तत धर्मावलम्बीको टोपी पहिरिनु
    धार्मिक निरपेक्षता होइन
    तालिबानी शिक्षा हो

    कामरेड तिमीलाई इतिहासले
    तालीबानी कामरेड भनिरहेछ
    किनकि तिमीले पनि त
    जनताको आँखामा पर्दा हालिरहेछौ I

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij