उता भारतको महाकालको मन्दिरमा
गेरुवस्त्र लाउदै
१०८ किलोको रुद्राक्षको माला चढाउने पनि आफै
यता धर्म अफिम हो भन्दै
सुदुर पश्चिम नेपालका माडुहरुमा
आफ्ना अबोध भक्तहरुलाई पिसाब फेर्न लाउने पनि आफै
उताका पण्डितसंग आशिष थाप्ने पनि आफै
यताका पण्डितको हत्या गराउने पनि आफै
उताका पण्डितहरुलाई साष्टाङ्ग चढाउने पनि आफै
यताका बटुकहरुको टुपी काटन लाउने पनि आफै
उता विस्तारवादको पाउ मोल्ने पनि आफै
यता विस्तारवादका विरुद्ध सुरुङ्ग खनाउने पनि आफै
दरबार हत्याकाण्ड विदेशी तत्वले गरायो भन्ने पनि आफैं
आफू प्रधानमन्त्री हुदा छानबिन नगर्ने पनि आफैं
दासढुङ्गा काण्ड कि त अमेरिकाले गरायो
कि त भारतले गरायो भन्ने पनि आफै
आफू प्रधानमन्त्री हुदा छानबिन नगर्ने पनि आफै
सदनभित्र साम्राज्यवाद जिन्दावाद भन्ने पनि आफै
सदन बाहिर साम्राज्यवाद मुर्दावाद भन्न लाउने पनि आफै
सर्वहाराको मुक्ती गर्छु भन्दै
बिलगेटस बन्ने पनि आफै
हातमा मार्क्सवाद बोक्दै
भुइँमान्छेको छाती टेक्ने पनि आफैं
मुखले कम्युनिस्ट मेन्युफेष्टो जप्दै
कम्युनिस्ट मेनोफेष्टोको मुहानमा पिसाब फेर्ने पनि आफैं
दौरा सुरुवाल लाएर
छातीभित्र लेण्डुपको अनुहार सजाउने पनि आफै
लालख्वामित
इतिहास निर्मम हुन्छ
अर्ध पटाक्षेप भयो
एकदिन पुर्ण पटाक्षेप हुन्छ।
