२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--5451

देश दुर्घटनामा छ !

देश दुर्घटनामा छ !

सोमवार, जेठ ८ २०८०
सोमवार, जेठ ८ २०८०
  •  -विक्रान्त सी

    जिम्काउनु हुदैन आँखा
    जहाजको यात्रा मसानघाटमा पुग्छ
    नसुतेर चालकले गाडी चलाउछ
    खुसी लाग्छ गन्तव्यमा पुगिन्छ
    सुतेर नेताले देश चलाउछ
    चिन्ता लाग्छ देश दुर्घटनामा छ
    मोटरसाइकल चलउदा
    लाइसेन्स चाहिन्छ
    देश चलाउदा केही चाहिदैन
    यहाँ सबै लथालिङ्ग छ
    हावाले मनुष्यलाई उढाएर
    देश भताभिङ्ग छ ।

    मनुष्यले हावा चलाउने कि ?
    हावाले मनुष्य चलाउने
    यहाँ बहस चलिरहेको छ
    उ आँखामा पट्टी बाधेर हेर्नुहोस् त
    पानीमा आगो बलिरहेको छ ।
    आकाशे राज्यको
    संसद भवन अगाडि
    एउटा मनुष्य जलिरहेको छ ।।

    बतासेहरु भन्छन्
    पुरानो घरमा नयाँ रंग लगाउ
    घर नयाँ हुन्छ ?
    क्रान्तिवीर भन्छ
    पुरानो घरलाई ढलाएर
    अर्को घर लगाउ
    घर नयाँ हुन्छ ।

    अहिले खेल चलिरहेको छ
    हावालाई चलाउने र हावामा चल्नेको
    नयाँ रंग लगाउने र नयाँ घर लगाउनेको
    सपना छिट्टै पूरा होस्
    क्रान्तिबिरको नयाँ घरमा बसाल्ने ।

    ७ जेठ २०८०              
                     अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij