२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
८ मार्च : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

म एक श्रमिक ! -सुमिना

म एक श्रमिक ! -सुमिना

तिम्रो शरीरमा मगमगाउँछ गुलाफ मेरो शरीरमा पसिना तिमी त्यसलाइ फ्लेवर भन्छौ म भन्छु गन्ध !

सोमवार, बैशाख १८ २०८०
सोमवार, बैशाख १८ २०८०
  • तिम्रो शरीरमा मगमगाउँछ
    गुलाफ
    मेरो शरीरमा पसिना
    तिमी त्यसलाइ फ्लेवर भन्छौ
    म भन्छु गन्ध !

    छ तिमी र म मा भाषागत भिन्नता
    समानता छैन
    हाम्रा अभिरुचिहरूमा पनि
    मलाई प्रेम छ पसिनाको गन्धसँग
    तिमी त्यसलाई घृणा गर्छौ
    र दुर्गन्ध भन्छौ !

    तिम्रो सम्बन्ध छ
    उच्च महत्वाकांक्षाहरूसँग
    तर,
    म भने बाध्य छु
    भोको पेट र जिजीविषाका आदेशहरूसँग
    मेरै श्रमको आगनमा उभिएर
    आफ्ना आदेशका औंलाहरू ठड्याएर
    तिमी आफूलाई मालिक भन्छौ
    आफ्ना पसिनाका धाराहरूबाट
    उब्जनीको मूल फुटाएर म कहलिन्छु दास !

    म तिम्रो उत्पीडनको पराकाष्ठा
    एक ‘उत्पीडित’
    तिम्रो शासन व्यवस्थाले लुटेको
    एक ‘सर्वहारा’
    गरिखाने एक ‘श्रमिक वर्ग’ !
    मेरा सपनाहरूमा
    वर्गीयताको अङ्कुश लगाउने
    २१औं शताब्दीका
    ए ! अत्याचारी मालिकहरू हो
    सुख ! सयल ! आराम र विलासी जीवन
    भोग गरिरहेका
    ए ! सुकिला मान्छेहरू हो

    अनुमान गर !
    के हुन्छ 
    माटोले मुछिएका श्रमले चिथोरिएका
    यी बलिष्ठ खस्रा हातहरूले
    अब लस्करै उठाए भने मुठ्ठी ??

    (यो कविता १३४ औं अन्तर्राष्टिय श्रमिक दिवसको अवसरमा लेखकको फेसबुकपेजबाट लिएका हौं ।)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij