२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • विचार
  • कञ्चनले संसदीय व्यवस्थाभित्रकै ‘राष्ट्रपति प्रणालीको प्रस्ताव’...
--4998

कञ्चनले संसदीय व्यवस्थाभित्रकै ‘राष्ट्रपति प्रणालीको प्रस्ताव’ गरेका थिए

कञ्चनले संसदीय व्यवस्थाभित्रकै ‘राष्ट्रपति प्रणालीको प्रस्ताव’ गरेका थिए

बिहिवार, कार्तिक १७ २०७९
बिहिवार, कार्तिक १७ २०७९
  • पार्टी खुल्ला भएपछिको पहिलो चितवन प्रशिक्षणमै विषय उठेको थियो कि चुनावमा के गर्ने ? त्यसबेला मैले भनेको थिए “भर्खर जनतामाझ आएकाले, जेलका साथीहरु छुटाउनु पर्ने स्थितिले साथै क्रान्तिको तयारीलाई सुदृढ गर्नुपर्ने भएकाले दिमाग खुल्ला राखौं, एकपटक भिड्नै परे पनि सङ्घर्षका मोर्चाका रुपमा जान सकिन्छ ।” त्यसबेला सचिवालयमा हामी एकमत नै थियौं र सुदर्शनले मसँग प्रष्ट भनेका थिए “अहिले बहिस्कारमा जानु ठीक हुँदैन । कार्यनीति हो उपयोग गरेर जानुपर्छ ।” सोही सोचअनुसार उनले २०७८ सालको दशैंमा जिल्लातिर जाँदा जाजारकोट, रुकुम, दाङमा चुनावमा भाग लिन सकिन्छ भनेर प्रशिक्षणसमेत गरेका थिए । पछि ती जिल्लाका युवा कमरेडहरुले कार्यालयमा प्रश्नसमेत सोधेका थिए । “सुदर्शनले चुनावको प्रशिक्षण गर्दै हिंडेका छन् पार्टीको नीति के हो ?” मैले पार्टीले पारित गरिसकेको नीति होइन, उहाँले भनेको नीतिगत रुपमा गल्ती होइन तर परिस्थिति कसरी जान्छ त्यही बेला सोचिन्छ भनेर जवाफ दिएको थिएँ । उनीसँग पुसमा मेरो भेट हुँदा पनि बहिस्कार गर्नु हुँदैन भन्दै थिए । पछि एक्कासी चुनाव बहिस्कारवादी भएर हमलामा आउनुको कारण चुनावको विषय मुख्य थिएन, अरु नै कारण छन् भन्ने स्पष्ट देखिंदैन र !

    चुनावकै विषयमा कञ्चनको पनि सहमति नै थियो । उनले अलि बढी जोड राष्ट्रपति प्रणालीलाई प्रस्ताव बनाऔं भन्नेमा दिएका थिए । यो पनि उनको दिमागको उपज नभएर काठमाडौँका बुद्धिजीविहरुले कोचारिदिएको भ्रामक चेत थियो । खासगरी कार्यालयबाट मैले उनलाई काठमाडौँमा भेटघाट गर्न पठाएको थिएँ । उनी गएर प्रधानमन्त्रीसँग भेट्न नपाए पनि बुद्धिजीविहरुसँग भेटे । एक महिनापछि फर्किंदा उनले काठमाडौँमा डेरा हालेछन् र दिमागमा राष्ट्रपति बोकेर फर्केछन् । वैज्ञानिक समाजवाद पढाउन पठाएको नेता त राष्ट्रपतिको भूत लिएर आएछन् । उनले एघारौं बैठकमै केन्द्रको प्रस्ताव बनाउनुपर्याे भनेका थिए । हामीले वैज्ञानिक समाजवाद छोडेर राष्ट्रपति प्रणाली उठाउनु सैद्धान्तिक रुपले नै गल्ती हुन्छ, त्यो मिल्दैन । आखिर पुँजीवादी सत्ताभित्र संसदीय प्रणाली भएपनि राष्ट्रपति प्रणाली भएपनि क्रान्तिकारी कम्युनिस्टका लागि कुनै नयाँ विषय भएन । सत्ता पुँजीवादी वर्गको हातमा रहेसम्म शासकीय प्रणालीको मात्र कुरा गर्नुको कुनै तुक रहँदैन । तर, उनले बन्दीपुर बैठकमा लगभग एक घण्टा राष्ट्रपति प्रणालीबारे बोले । उनले भित्र पनि भन्थे कि “तत्काल सशस्त्र सङ्घर्ष सम्भव हुँदैन तर पार्टी र नेतृत्व जनतामा वैकल्पिक शक्तिका रुपमा स्थापित बनेका छन्, महासचिव कमरेड, यो प्रस्ताव बनाएर लैजाउँ, जनता सडकमा पनि आउँछन्, प्रणाली पनि आउँछ, तपाइँले जित्नु पनि हुन्छ ।” मैले पार्टीले यो प्रस्ताव बनाउन मिल्दैन, गल्ती हुन्छ भनेर टारिदिएँ । तर, यो सुझाव दिएँ कि यदि पुँजीवादीहरुले नै संविधान संशोधन गरेर शासकीय स्वरुप राष्ट्रपतीय बनाएछन् भने कार्यनैतिक रुपले प्रयोग गर्न सकिएला, त्यसका लागि प्रचण्ड, बाबुराम, गगनहरुलाई भन्नुस् । काठमाडौँमा पुगेर केही प्रयत्न पनि गरेको सुनियो तर उनको कुरालाई संसदवादीहरुले हावामै उडाइदिए । उनी भने बारबार पार्टीले राष्ट्रपतीय प्रणालीको प्रस्ताव नबनाइदिएको गुनासो पोखिरहन्थे । अनि उनी कसरी संसदीय व्यवस्था र चुनावी कार्यनीतिको विरोधी भए ! यो एउटा पाखण्ड मात्र भएन !

    (जनक्रान्ति अंक ५ बाट)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij