२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--4990

तारामात्र होइन जून झारिदिने घोषणापत्रहरू

तारामात्र होइन जून झारिदिने घोषणापत्रहरू

'सङ्कल्प र प्रतिबद्धता घोषणापत्रको पर्यावाची होइन'

बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • नेपालका प्राय ठूला पार्टीहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्रहरू सार्वजनिक गरेका छन् । नेकपा, एमालेले घोषणापत्र, नेपाली कांग्रेसले सङ्कल्प, नेकपा, माओवादी केन्द्रले प्रतिबद्धता-पत्र, नेकपा, एकीकृत समाजवादीले घोषणापत्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिबद्धता भनेर घोषणापत्र सार्वजनिक गरेका छन् । विश्वको संसदीय इतिहास बेलायत र भारतका राष्ट्रिय पार्टीहरूले बेलायतमा मेनिफेस्टो र भारतमा घोषणापत्र जारी गरेको इतिहास साक्षी छ । साना खुद्रे पार्टीहरूले सङ्कल्पपत्र, प्रतिबद्धतापत्र आदि प्रयोग पनि गरेका छन् । नेपाली कांग्रेसले योभन्दा अगाडि घोषणापत्र नै प्रकाशित गरेको थियोे अहिले विचलनमा गयो । सङ्कल्प र प्रतिबद्धता घोषणापत्रको पर्यावाची होइन । यसपटक एमालेले ९६ पृष्ठको घोषणापत्र, कांग्रेसले ५६ पृष्ठको सङ्कल्प, माओवादीले ८१ पृष्ठको प्रतिबद्धता-पत्र, एकीकृत समाजवादीले ५६ पृष्ठको घोषणापत्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ पृष्ठको प्रतिबद्धता प्रकाशित गरेर निर्वाचनमा गएका छन् । पाँच पार्टीको घोषणापत्रका केही कार्यक्रमहरू निम्न अनुसार रहेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)


    • - आगामी दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाइने ।
      - सबै परिवारलाई मासिक १० हजार लिटर पानी नि:शुल्क उपलब्ध गराइने ।
      - सबै परिवारलाई वर्षा याममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिट विद्युत नि:शुल्क उपलब्ध गराइने ।
      - सिँचाइका लागि वर्षा याममा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत बिजुलीमा छुट ।
      - कामदारको न्युनतम मासिक ज्याला रु. २५ हजार पुर्‍याउने ।
      - आगामी दुई वर्षमा सबैको बैंक खाता हुनेछ ।
      - स्यानीटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद निम्ति रु. १,५०० उपलब्ध गराउने ।
      - पाँच वर्षभित्र वार्षिक २५ लाख पर्यटक पुर्‍याउने ।
      - पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन रु. १०० खर्ब पुर्‍याइने ।
      - नेपालीको औसत वार्षिक प्रतिव्यक्ति आम्दानी रु. ३ लाख (२,४०० अमेरिकी डलर) पुर्‍याइने ।
      - पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने ।
      - सबै पालिकामा औद्योगिक ग्राम ।
      - आगामी पाँच वर्षभित्र ६,५०० मेगावाट विद्युत उत्पादन ।
      - माध्यमिक तहसम्म शिक्षा नि:शुल्क ।
      - ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने ।
      - स्थानीय तहमा पञ्जीकरण सम्बन्धि शुल्क हटाइने ।
      - परराष्ट्र नीति संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्त सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुताको आधारमा हुनेछ ।
    • नेपाली कांग्रेस
      - गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने ।
      - विपन्न परिवारलाई मासिक ५० किलोवाट आवरसम्म विद्युत नि:शुल्क दिने ।
      - ५ वर्षभित्र महानगरहरूमा अधिकांश गाडी विद्युतीय हुने ।
      - एक घर एक धारा ।
      - एक विद्यालय एक दलित शिक्षक ।
      - ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी ।
      - न्युनतम ७ प्रतिशत आर्थिक वृद्धि ।
      - नेपाललाई सन २०४५ मा शून्य कार्वन (नेट जिरो) उत्सर्जन राष्ट्र बनाउने ।
      - आगामी ५ वर्षमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्‍याइने ।
      - आगामी ५ वर्षमा विद्युतीय ऊर्जाको उत्पादन १०,००० मेगावाट बनाइ प्रतिव्यक्ति खपत १,२०० युनिट पुर्‍याउने ।
      - आगामी ५ वर्षमा विदेशी पर्यटक १२ लाखबाट २० लाख पुर्‍याउने ।
      - ६५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा ।
      - ६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक भत्ता ।
      - ७३ वर्ष माथिका सबै नागरिकलाई नि:शुल्क उपचार ।
      - ३ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क उपचार ।
      - विपन्न नागरिकको मृत्युमा १० हजार खर्च दिने ।
    • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
      - शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तनका लागि संविधान संशोधनको पहल गर्ने ।
      - २०४७ पछिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिने ।
      - पार्टी केन्द्रीय र प्रदेश समितिका पदाधिकारीको सम्पत्ति विवरण निर्वाचन सकिएको ६ महिनाभित्र सार्वजनिक गर्ने ।
      - नेपालको राष्ट्रिय सार्वभौमिकता र हित विपरीत कुनै पनि वैदेशिक आर्थिक सहयोग नलिने ।
      - सबै स्थानीय तहहरूमा योग अभ्यास केन्द्रहरू खोल्ने ।
      - दुई अंकको आर्थिक वृद्धि हुने आधार निर्माण गर्ने ।
      - स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति ।
      - पञ्चशील र असंलग्नताको विदेश नीति ।
      - ५ वर्षमा आधा गरिबी हाटाउने ।
      - गरिबी रेखामुनि रहेका सबैलाई एक वर्षभित्र सुरक्षा कार्ड दिने ।
      - हिमालय डिज्नील्याण्ड वा मेगा थिमपार्क निर्माण गर्न विदेशी कम्पनीसँग सहकार्य गर्ने ।
      - ३० लाख पर्यटक भित्र्याउने ।
      - १० लाख युवाहरूलाई रोजगारी ।
      - १२ कक्षासम्म नि:शुल्क शिक्षा ।
      - प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रादेशिक विश्वविद्यालय ।
      - बहुभाषिक विश्वविद्यालय स्थापना ।
      - काठमाडौं उपत्यकामा कम्तीमा ५०० विद्युतीय बस संचालन ।
      - ५ वर्षभित्र ८ हजार मेगावाट विद्युत उत्पादन ।
      - स्नातकसम्म गरिब महिलालाई नि:शुल्क शिक्षा ।
    • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
      - आधुनिक कृषि र सम्पन्न किसान ।
      - दुई वर्षभित्र नेपाललाई खाद्यान्नमा आत्मनिर्भर र पाँच वर्षभित्र खाद्यान्न निर्यातक देश बनाउने ।
      - नेपालको पानी नेपाल मै ।
      - पूर्व - पश्चिम मेघा(गा) नहर ।
      - एक पालिका एक उद्योग ग्राम ।
      - ऊर्जा उत्पादनमा वृद्धि: राष्ट्रको आर्थिक समृद्धि ।
      - मासिक २०० युनिट विद्युत महसुलमा छुट ।
      - काठमाडौं उपत्यकामा भित्री, बाहिरी र बृहतगरी तीन चक्रपथ निर्माण ।
      - कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी ।
      - माध्यमिक शिक्षा नि:शुल्क ।
      - सेनीटरी प्याड नि:शुल्क ।
      - हरेक घरपरिवारलाई मासिक १० हजार लिटर पानी नि:शुल्क ।
      - एक टोल एक पोखरी ।
      - गाउँ सहरमा सहकारी: घरघरमा रोजगारी ।
      - रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा ।
      - ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परीक्षण ।
      - प्रत्येक प्रदेशमा न्युनतम एक विश्वविद्यालय ।
      - पञ्चशील र असंलग्नताको परराष्ट्र नीति ।
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
      - सबल र समुन्नत नेपाल ।
      - अभिभावकीय संस्थाको रूपमा राजसंस्था ।
      - जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
      - पूर्ण समानुपातिक संसद ।
      - प्रदेशको खारेजी ।
      - नागरिक आयोग गठन गरी २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अबैध सम्पत्ति जफत गर्ने ।
      - नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गरिने ।
      - विश्वविद्यालयहरूमा कुलपति, उपकुलपतिको नयाँ व्यवस्था ।
      - सुत्केरीलाई तीन महिना रु. ३,००० मासिक भत्ता ।
      - एक परिवार एक रोजगार ।
      - तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापना ।
      - किसानको खेतखेतमा बिजुली व्यवस्था ।
      - एक स्थानीय तह एक उत्पादन ।
      - प्रत्येक घरधुरीलाई १० हजार लिटर पानी नि:शुल्क ।
      - सातै प्रदेशमा स्मार्ट सहर र स्मार्ट गाउँ निर्माण ।
      - वार्षिक २५ लाख पर्यटक भित्र्याउने ।
      - नेपाल बन्द जस्तो कार्यक्रम कहिले नगर्ने ।
      - ज्येष्ठ नागरिकलाई देशभित्र नि:शुल्क यातायात तथा धार्मिक यात्राको व्यवस्था ।
    • पाँचै पार्टीका घोषणापत्रहरू आत्म प्रसंशक छन् । एमालेले आफ्नो शासन कालको उपलब्धि बखान गरेको छ । केही असम्भव आर्थिक आंकडा प्रस्तुत गरेको छ । हाल रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन पाँच वर्षमा रु. १०० खर्ब पुर्‍याउन सम्भव छैन । हाल वार्षिक १,२०० अमेरिकी डलर जति प्रतिव्यक्ति आय २,४०० अमेरिकी डलर पुग्ने कुनै आर्थिक आधर देखिदैन । कांग्रेसको त झन कन्त विजोक देखिएको छ । प्रजातान्त्रिक समाजवादी कांग्रेस उदारवाद र नव उदारवादको उल्झनमा छ । प्रतिपक्षी ४१ महिना कांग्रेसले संसदमा सुतेर बितायो । अहिले बैशाखीमा अडिएको कांग्रेस राष्ट्रिय ढुकुटी लुटाएर जनता लोभ्याउने असफल प्रयासमा छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र कांग्रेस बडे मियाँको अगाडि छोटे मियाँ सुभान अल्लाह भै हाले । निर्वाचन जित्न पार्टीहरूले जनतासँग तारा मात्र होइन जून नै झारी दिने घोषणा गरेका छन् । आगे जनताको मर्जी ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij