२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • विचार
  • एनसेल कारवाहीको जिम्मा लिएका सुदर्शन जेलबाट...
--4988

एनसेल कारवाहीको जिम्मा लिएका सुदर्शन जेलबाट कसरी छुटे ? 

एनसेल कारवाहीको जिम्मा लिएका सुदर्शन जेलबाट कसरी छुटे ? 

'सुदर्शनले जेल रिहापछि पार्टीविरुद्ध एकघण्टा भाषण गरे'

बुधवार, कार्तिक १६ २०७९
बुधवार, कार्तिक १६ २०७९
  • ३ बुँदे सहमति गर्दाको प्रसँग पनि निकै रमाइलो छ । वास्तवमा हामी जुन अवस्था र मनस्थितिमा थियौं वार्ता सम्झौताप्रति त्यति मन खुलेको थिएन । केपी वलीको सरकार र संसदीय व्यवस्था नै असफल र सङ्कटमा परेपछि वार्ताको संभावना बन्न पुग्यो । वार्ता सम्बन्धसूत्रका लागि हामीले दीपकलाई खटाएका थियौं । वार्ता हुँदै जाँदा सहमति हुने संभावना बढ्यो र कमरेड प्रकाण्ड र दीपकको टोली बनाइयो । वार्ताका लागि दीपकले सुरुमा सात बुँदे सरकारी प्रस्ताव ल्याएका थिए ।

    ती पार्टीलाई आत्मसमर्पण गराउने खालका थिए । हामीले तिनलाई ठाडै इन्कार गर्दै आठबुँदे प्रस्ताव पठायौं, जो सिधा क्रान्तिका पक्षमा थिए । लामै छलफलपछि उनीहरु दुईवटा विषयमा अडिए । एउटा हातहतियारको विषय र दोस्रो संविधान र लोकतन्त्रबारे । यसमा पनि निकै बहस भएपछि गृहमन्त्री बादलले दीपकलाई सोधेका थिए “के पार्टी नेतृत्व साँच्चै वार्ताका लागि इमान्दार छ ?” दीपकले जवाफ दिएका थिए “सय प्रतिशत विश्वास गर्नुस् नेतृत्व तयार छ !” अन्तिमसम्म सबै मिल्यो तर एउटा दुई नम्बर बुँदामा शान्तिपूर्ण रुपले राजनैतिक गतिविधि गर्नेछौं भन्नेमा ‘वैधानिक’ भन्ने शब्द राख्न खुब जोड गरेका थिए । यो शब्दमा दीपक सहमत पनि भइसकेका थिए तर मैले टुङ्गो नलगाउन भनें र प्रकाण्डलाई काठमाडौँ पठाएर त्यो शब्द हटाउन भनें । यदि वैधानिक भन्ने शब्द जबरजस्त राख्न खोजिन्छ भने त्यहाँ गलत मनसाय छ, बरु वार्ता नै स्थगित गरेर फर्किनुस् भनें । पछि त्यो पनि हटाउन मञ्जुरी गरेपछि सहमतिमा हस्ताक्षर गरियो ।

    वार्ताको विषयमा सुदर्शनले अहिले जे भन्न खोज्छन् त्यो निर्लज्जताको पराकाष्ठा छ । उनले जेलबाट कार्यालयलाई लेखेका पत्र अहिले पनि सुरक्षित छन् । गृहसचिव प्रेम राई, एमाले नेता विष्णु पौडेललगायत भेटपछि सुदर्शन वार्ताप्रति पुरै लम्पसार परेका थिए । उनलाई पार्टीले वार्ताबारे चासो नै दिएको छैन कि या जसलाई जिम्मा दिएको छ उनी नै इमान्दार छैनन् कि भन्दै सिधा मलाई नै पहल लिन आग्रह गरेका थिए । जेलमा पुगेका सरकारी मान्छेहरुले आफुलाई वार्ता टोलीको संयोजक बन्न प्रस्ताव गरेको समेत उल्लेख गरेका थिए । मैले जेलमा परेको मान्छे वार्ताको प्रमुख हुन नसक्ने खबर पठाएको थिएँ । ३ बुँदे सहमतिपछि उनी छुट्न केही ढिला हुँदा जल्केको गाईले दाम्लो चुडाल्न खोजेजस्तो गर्दै थिए । भेट्ने–नभेट्ने मान्छे भेटदै गएका थिए । पार्टीले छुटाउन पहल नै गरेन जस्तो सोचिरहेका थिए । अन्य नेताहरुले कार्यकर्ता छुटेपछि छुटौंला भन्ने प्रतिक्रिया दिने, तर उनी जे गरेर पनि छुट्नु पर्छ भन्नेमा पुगेका थिए ।

    वार्ता टोलीले बाहेक मैले नै प्रचण्ड, माधवहरुसँग कुरा गरेर उनलाई छोडाउन विशेष जोड गरें । एकराज भण्डारीसहित वकिल साथीहरुले मुटुको विरामी भएकाले छुटाइपाउँ भनेर रिटमा बहस गर्नुभयो । सबैको जोडबल र केपी वलीको पनि सकारात्मक सोच भएकाले उनी छुटे तर बाहिर आएर मुटुका विरामी भएका भनिएका मान्छेले ट्रकमा उभिएर एक घण्टा भाषण पो गरे ! त्यो पनि पार्टीकै विरुद्धमा ! उनले त रिहाइका लागि पार्टी पंक्तिलाई धन्यवाद दिनुको सट्टा आफुलाई पार्टी भित्रैबाट गिरफ्तार गराएको भन्न पुगे । जब कि पार्टीले धेरै पटक विश्वास नगर्न भनेका व्यक्तिलाई काखी च्यापेकै कारण उनकै संलग्नतामा गिरफ्तार परेका थिए । पछि त केसम्म भन्न भ्याए भने मलाई पार्टीले छुटाएको होइन आफैँ छुटेको हुँ ! यो जस्तो सिल्लीपन अरु के हुन्छ ! कि त सुदर्शनले भन्नुपर्याे मैले जेलभित्रबाट नै घुमाउरो पाराले क्रान्ति र पार्टी छोड्ने बचन राज्यलाई दिइसकेको थिएँ, पार्टी फुटाएर क्रान्तिलाई धोका दिने र दुश्मनलाई सेवा गर्ने विश्वास दिलाएको थिएँ । क्रान्ति र नेतृत्वलाई बदनाम गर्ने जिम्मा लिएको थिएँ ! होइन भने पार्टीको पहलभन्दा बाहिरबाट एनसेलमा जिम्मा लिने सुदर्शन छु्ट्ने तर हामीले भाग लिएका होइनौं भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?!
    (जनक्रान्ति अंक ५ बाट)

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij