२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--4889

मुक्तक : तेलपानी मिल्छ भन्छन्

मुक्तक : तेलपानी मिल्छ भन्छन्

अन्तिम झड्का अवस्थालाई बदल्न व्यवस्था नै फेर्ने भन्छन् ।

शनिवार, आश्विन १ २०७९
शनिवार, आश्विन १ २०७९
  • यहाँ  यस्तै हुन्छ रे ! पिना फाल्तु गरी तेलपानी मिल्छ भन्छन् 
    अचल भई बस्नु रे ! महमा लत्रिएको मौरीले चिल्छ भन्छन् 
    जाली झेली धुर्त र मतलबीहरु मौका खोजिरहन्छन् रे यहाँ 
    यदि मौका पायो भने फेरी आंैला दिँदा हातै निल्छ भन्छन् ।
                                       
    सियो भई पस्ने हात्ती बनी निस्कने त्यस्तै चरित्र छ भन्छन्
    लडाउने फुटाउने र स्वार्थ खिच्ने नियत नै अभद्र छ भन्छन्
    भताभुङ्ग पार्छ मानवलाई पशुमा तुलना गर्छ र मनपरी गर्छ  
    ललाई फकाई सताउने ए ...कुरा नगर्नुस् विचित्र छ भन्छन् ।
                                         
    गाउँ बस्ती बस्तीहरुमा ललीपपले माहोल तातेको छ भन्छन्
    सत्य नै हो भनी झुट्टा उसले जनतामा साटेको छ भन्छन्  
    शीतको आयु त घाम नउदाउँदा सम्म हो अझ कति हाँस्नु
    म सुनिरहेको छु उसलाई छोपेको पर्दा फाटेको छ भन्छन् ।
                                        
    अब त अति भइसक्यो कति धेरै दिन तमासा हेर्ने भन्छन्
    आऊ साथी हो, एकजुट बन दलालहरुको घर घेर्ने भन्छन्
    यसरी पनि हुन्न, त्यसरी पनि हुन्न भने सबैको एउटै स्वर छ 
    अन्तिम झड्का अवस्थालाई बदल्न व्यवस्था नै फेर्ने भन्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij