२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--4404

सुन्दर तम्घास बजार (भिडियो)

सुन्दर तम्घास बजार (भिडियो)

शुक्रवार, बैशाख २३ २०७९
शुक्रवार, बैशाख २३ २०७९
  • तम्घास । गुल्मीको तम्घास बजार पर्यटकीय क्षेत्र हो । जिल्ला सदरमुकाम समेत रहेको तम्घास बजार प्राकृतिक र वातावरणीय दृष्टिले सुन्दर रहेको छ । गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको तम्घास बजारलाई रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो ।

    नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

    क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश

    ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर

    ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.

    घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला    उत्तर – इश्मा गाउँपालिका÷ मुसिकोट नगरपालिका,   दक्षिण – अर्घाखाँची जिल्ला   

    प्रमुख नदीनाला, धार्मिक\ दर्शनीय स्थल

    रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij