अहिलेको जस्तो महिनैपिच्छे मन्त्रीहरु फेरिने, वर्षैपिच्छेजस्तो सरकार फेरिने राजनीतिक प्रणाली समाजवाद होइन।
जनता होइन, संसद् अस्थिरताको कारण बन्ने जुन परिस्थिति निर्माण भएको छ, यसलाई समाजवादमा स्थिरता दिन सकिन्छ। व्यवस्थापकीय, कानुनी र शासकीय स्वरुप लगायत सबै क्षेत्रमा स्थिरता दिन सकिन्छ। कम्तीमा पाँच वर्ष स्थिर प्रणालीमा जाने, विधि र प्रणालीमा चल्ने प्रणाली हामी समाजवादमा दिन सक्छौँ।
