२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • भिडियो
  • जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न...
--5253

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

मंगलवार, फाल्गुण १६ २०७९
मंगलवार, फाल्गुण १६ २०७९
  • जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् । १० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोलिले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ ।

    जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् ।

    ‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइयोस्, बेपत्ता पारिएका योद्दाहरुको स्थिति सार्वजनिक गरियोस्, जनयुद्धका सहिदहरुलाई तत्कालै राष्ट्रिय सहिद घोषणा गरियोस्, सहिद तथा बेपत्ता योद्दाहरुको योगदानलाई संस्थागत गरियोस्, जनयुद्दका महान् सहिद तथा बेपत्ता योद्दाहरुको नामावली सहित सरकारद्वारा आधिकारिक रुपमा स्मारिका प्रकाशन गरियोस्, सहिद तथा बेपत्ता योद्धाको परिचयपत्र बनाई सम्पूर्ण परिवारलाई वितरण गरियोस् ।’, ज्ञापन पत्रमा भनिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij