२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • भिडियो
  • सांस्कृतिक रूपान्तरण बिना राजनीतिक परिवर्तन असम्भव...
--4020

सांस्कृतिक रूपान्तरण बिना राजनीतिक परिवर्तन असम्भव : दिल साहनी (भिडियो)

सांस्कृतिक रूपान्तरण बिना राजनीतिक परिवर्तन असम्भव : दिल साहनी (भिडियो)

'सिर्जना चौतारी स्रष्टाहरूको सिर्जना माझ्ने थलो बन्नुपर्ने'

आइतवार, चैत्र ६ २०७८
आइतवार, चैत्र ६ २०७८
  • बुटवल । वरिष्ठ लेखक एवं माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनीले सांस्कृतिक रूपान्तरण बिना राजनीतिक परिवर्तन असम्भव हुने भन्दै राजनीतिलाई अगाडी बढाउन सांस्कृतिक रुपान्तरण अनिवार्य भएको बताउनुभयो । उहाँले सांस्कृतिक आन्दोलनले सही राजनीतिक आन्दोलनलाई सेवा गर्नुपर्ने भन्दै सांस्कृतिक रुपान्तरण नभएसम्म राजनीतिक आन्दोलन सफल नहुने बताउनुभयो । उहाँले सांस्कृतिक प्रतिरोध दिवस क्रान्तिकारीहरुका लागी महत्वपूर्ण दिवस भएको भन्दै निरन्तर क्रान्तिमार्फत् सहिदका सपना पुरा गर्नुपर्ने बताउनुभयो ।

    उहाँले समाज वर्गीय भएकोले साहित्य कला पनि वर्गीय हुने भन्दै जनयुद्धको मूल्यबोधमाथि प्रतिक्रियावादीहरुले अपमान गरिरहेको बताउनुभयो । उहाँले साहित्य कलाले जनताको सेवा गर्नुपर्ने भन्दै साहित्यकार र कलाकारहरुले क्रान्तिको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्य कला रूप र विचारको संयोजन भएको भन्दै जनताको स्तरअनुसार कला साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले सिर्जना चौतारी स्रष्टाहरूको सिर्जना माझ्ने थलो बन्नुपर्ने बताउनुभयो ।

    शनिवार बुटवलमा अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीले २४ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा सिर्जना चौतारी मासिक शृङ्खलाको औपचारिक शुभारम्भ गरेको अवसरमा साहनीले उक्त विचार व्यक्त गर्नुभएको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij