२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--3688

अमेरिकाले भारतको साथ खोज्यो

अमेरिकाले भारतको साथ खोज्यो

बिहिवार, फाल्गुण ५ २०७८
बिहिवार, फाल्गुण ५ २०७८
  • नयाँदिल्ली । युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप भैरहेको बेला यदि रुसले युक्रेनमाथि हमला गरेमा भारतले आफूलाई साथ दिने आशा अमेरिकाले लिएको छ ।

     अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अष्ट्रेलियामा क्वाड मुलुकका विदेशमन्त्रीको बैठकमा युक्रेन संकटलाई लिएर छलफल भैरहेको बताए

    भारतको प्रशंसा गर्दै प्राइसले सँधै अन्तर्राष्ट्रिय कानूनअनुसार चल्नको लागि दिल्लीले वासिङ्टनलाई साथ दिएको जनाए । बुधबार मिडियासँग कुरा गर्दै प्रवक्ता प्राइजले युक्रेन–रुस संकट समाधानको उपाय युद्ध नभएर कूटनीति भएकोमा सदस्य मुलुकका मन्त्रीले जोड दिएको बताए ।

     हिन्द-प्रशान्त, युरोप र विश्वकै मामिलामा पनि भारतले अमेरिकालाई साथ दिने आशा उनले व्यक्त गरे । चीनतर्फ लक्षित गर्दै भियतनाम र फिलिपिन्सजस्ता साना देशलाई धम्की दिइएको उनले आरोप लगाए ।

    प्राइसका अनुसार क्वाड बैठकको क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र भारतीय समकक्षी एस जयशंकरबीच प्रतिरक्षा मामिलालाई लिएर समेत छलफल भएको थियो । तर, रुसबाट एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्ने भारतको कदमबारे अमेरिकाले के भन्यो भन्ने बारे उनले खुलाएनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij