२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--3438

दुबई र साउदीलाई लक्षित गरी हुथी विद्रोहीद्वारा ब्यालेस्टिक मिसाइल हमला

दुबई र साउदीलाई लक्षित गरी हुथी विद्रोहीद्वारा ब्यालेस्टिक मिसाइल हमला

सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • काठमाडौं । यमनका हुथी विद्रोहीले प्रहार गरेका दुई ब्यालेस्टिक मिसाइललाई अबुधावीको आकाशमै ध्वस्त पारिएको दावी संयुक्त अरब एमिरेट्सले गरेको छ ।

     गत सोमबार ती विद्रोहीले अबुधावीको एक तेल भण्डारण थलोमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको थियो ।

    युएईको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिलाई उध्दृत गर्दै सोमबार डब्लुएएम न्यूज एजेन्सीले जनाएअनुसार ध्वस्त पारिएका दुई ब्यालेस्टिक मिसाइलहरु युएईका अलग ठाउँहरुमा खसेका थिए ।

     त्यहाँको रक्षा मन्त्रालयले आक्रमणविरुद्ध आफू तयार रहेको बताउँदै मुलुकलाई जोगाउन जुनसुकै कदम चाल्न तयार रहेको समेत जनाएको छ । साउदी अरेबियाको सरकारी मिडियाले जनाएअनुुसार हुुथीले प्रहार गरेका ब्यालेस्टिक मिसाइल साउदीको दक्षिणी भेगमा खसेको थियो ।

    हुथी विद्रोहीहरुले आफूहरुले दुबईका महत्वपूर्ण र चर्चित थलो तथा अबुधावीस्थित धाफरा एयरबेसलाई लक्षित गरी ती मिसाइल प्रहार गरेको जनाएको छ ।

    हुथी विद्रोहीका प्रवक्ता याहा सारीले आफूहरुले लक्ष्य प्राप्त गरेको जनाउँदै लडाइलाई थप अघि बढाउने बताएका छन् । युएई हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको सैनिक गठबन्धनको एक सदस्य मुलुक समेत हो ।

    यो लडाइमा दशौं हजारको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् भने राष्ट्रसंघले निकै खराब मानवीय संकट भएको जनाएको छ ।


    साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij