-करिना शर्मा
आज देखि नेताले त्यो गाउँ भुल्दै छ
आफ्नो स्वार्थका लागि शहरमा डुल्दै छ
फर्केर हेर्ने छैन उसले अब जनतालाई
हुक्का, बार र सेमिनारमा झुल्दै छ
गरिबको झुप्रोमा आशा उसले मारिदियो
देश लुटेर आज ऊ महलमा घुल्दै छ
हजारौं मिठा सपना देखाई जनतालाई
पूरा नहुँदै, खै ! कता आज ऊ भुल्दै छ ?
नवलपरासी
हाल : कालिका मानवज्ञान मावि, बुटवलमा अध्ययनरत
