२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--3087

एमसीसी र नेपाल

एमसीसी र नेपाल

शुक्रवार, मंसिर २४ २०७८
शुक्रवार, मंसिर २४ २०७८
  • संसद बैठक नजिकिदै गर्दा एमसीसी बहस पनि चुलिंदो छ । केही अपवाद बाहेक संसदीय दलको नेतृत्व एमसीसीको पक्षमा बुझिन्छ तर जनदबाबका कारण तैं चुप मै चुपको लुकामारी छ । ठूला पार्टीका नेताहरू दोग्ला चरीत्र देखाइरहेका छन् । एकथरी एमसीसी आए नेपालको कायापलट नै हुन्छ भन्ने कुतर्कको दलिलमा छन् । केही समय पहिला अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु नेपाल आएर नेपाली नेताहरूको नाडी छामेर गएका छन् । एमसीसीको ५५ मिलियन अमेरिकी डलरका लागि किन नेपाली नेताहरू नाङ्गिन तयार छन् । त्यो पैसा आए लूटको धन फुपूको श्राद्ध गर्न पाइने उनीहरूको स्वार्थ छ । अमेरिकाको न्यु हेमसायर ब्रेटन उड्सको माउन्ट वाशिङ्टन होटेलबाट जुलाई १९४४ मा सुरुभएको आर्थिक सहयोगको कथा जुन ५, १९४७ मा अमेरिकी विदेश मन्त्री जर्ज मार्शलले हारभर्ड विश्वविद्यालयबाट २० बिलियन अमेरिकी डलरको घोषणासँगै मार्शल प्लानको सुरुवात भयो । धनी राष्ट्रले गरिब राष्ट्रहरूलाई कुल राष्ट्रिय आयको ०.२५ प्रतिशत सहयोग गर्नुपर्ने प्रावधान २००२ मेक्सिको मोन्टेरी बैठकबाट ०.७ प्रतिशत गरियो ।

    हारभर्ड र अक्सफोर्डमा अध्ययन, विश्व बैंक र गोल्डम्यान साचमा काम गरेकी जाम्बियाकी अर्थशास्त्री दामबिसा मोयोको पुस्तक डेड एड चर्चित पुस्तक मानिन्छ । मोयोले अफ्रिकाका ५३ देशहरूमा सन १९५० देखि १९९० सम्म ४०० बिलियन अमेरिकी डलर सहयोग आयो तर आर्थिक वृद्धिदर प्रतिवर्ष ०.२ घटेको निष्कर्ष निकालेकी छन् । पुस्तकमा सहयोग दुरुपयोगका रमाइला प्रसङ्गहरू छन् । जायर (कंगो) ले एकपटक ५ बिलियन सहयोग पायो । राष्ट्रपति मोबुतु सेसे सेकोले अमेरिकी राष्ट्रपति रेगनलाई सोधेरै कन्कर्ड विमान लिजमा लिएर छोरीको बिबाहका लागि आइभोरीकोस्ट गए । मध्य अफ्रिकि देशका राष्ट्रपति बोकासाले सन १९७७ मा २२ मिलियन अमेरिकी डलर आएको सहयोग आधा आफ्नो राज्यरोहणमा उडाए । नाइजेरियाका राष्ट्रपति सानी अबाचाले ७०० मिलियन अमेरिकी डलर आएको सहयोगको ठूलो भाग स्विस निजी बैंकमा लुकाए । युगान्डाका इदि अमिन, इथियोपियाका मेङ्गेस्तु, लाइबेरियाका स्यामुएल दोएले आर्थिक सहयोगको चरम दुरुपयोग गरे । सन १९९० को दसकमा युगान्डामा आएको आर्थिक सहयोगको एक अमेरिकी डलरमा २२ सेन्ट मात्र सरकारी खर्च भयो बाँकी सबै भ्रष्टाचार ।

    सन १९९० मा नेपालमा पञ्चायत गयो बहुदल आयो तर आर्थिक अनियमिततामा कमि आएन । धेरै सरकार भोगियो सुशासन पाइएन । अफ्रिकाका केही देशहरूको दसा एमसीसी आएपछि झन बिग्रँदो छ उदाहरणका लागि मालावी र तान्जनिया तहसनहस भएका छन् । एमसीसी सहयोग लिने देश्हरू उपभोगमा अल्झिए लगानी हुन् सकेन । बोत्सवानाले कुनै सहयोग लिएन अगाडि बढ्यो । देशका लागि एउटा सानो रकम ल्याउन नेपालमा एउटा वर्ग र्‍याल काढेर बसेको छ; देश र जनताप्रति घात गरेर मालिकको मोलाहिजामा मखलेल छ । समय एकदिन आउनेछ उनीहरू सजाएका भागी बन्ने नै छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij